Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • म्यान्मामा चुनाव सम्पन्न, सेनाको सत्ता सुनिश्चित
म्यान्मामा चुनाव सम्पन्न, सेनाको सत्ता सुनिश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ११, २०८२

एपी- म्यान्मामा तीन चरणमा सम्पन्न हुने आम निर्वाचनको अन्तिम चरणमा आइतबार मतदान भएको छ । करिब एक महिना लामो  प्रक्रियाबाट म्यान्मामा चुनाव सम्पन्न भएकाे हाे ।

याे प्रकियाबाट देशका सैन्य शासक र तिनीहरूका राजनीतिक सहयोगीहरूले नयाँ सरकार गठन गर्न आवश्यक संसदीय बहुमत पहिले नै सुनिश्चित गरिसकेका छन् । आलोचकहरूका अनुसार यो निर्वाचन स्वतन्त्र र निष्पक्ष दुवै छैन । सन् २०२१ को फेब्रुअरीमा निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरेपछि सेनाले आफ्नो शक्ति वैधानिक देखाउन यो चुनाव आयोजना गरेको आरोप उनीहरूको छ । सेना समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) ले पहिलो दुई चरणमा लडिएका अधिकांश सिट जितिसकेको छ । संविधानअनुसार राष्ट्रिय संसद्को माथिल्लो र तल्लो सदनमा २५ प्रतिशत सिट सेनाका लागि आरक्षित भएकाले व्यवस्थापिकामा सेनाको प्रभाव स्वतः सुनिश्चित हुन्छ ।

वर्तमान सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन आङ ह्लाइङ नयाँ संसद् बसेपछि राष्ट्रपति बन्ने व्यापक अपेक्षा गरिएको छ । उहाँ समर्थक र विपक्षी दुवै पक्षबाट भावी राष्ट्रपतिका रूपमा हेरिँदै आएका छन् ।सन् २०२१ मा मिन आङ ह्लाइङको नेतृत्वमा सेनाले आङ सान सुकी नेतृत्वको सरकार अपदस्थ गरेपछि देशव्यापी विरोध प्रदर्शन भड्किएको थियो, जसले म्यान्मालाई गहिरो गृहयुद्धतर्फ धकेलेको छ । सुरक्षा समस्या भएका कारण देशका ३३० टाउनसिपमध्ये करिब ७० भन्दा बढी क्षेत्रमा मतदान हुन सकेन, जसले गर्दा चुनावको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

Hardik health

मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले संसद्मा म्यान्मा सदस्य रहेको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) ले समावेशी सहभागिता र स्वतन्त्रताको अभाव देखाउँदै पर्यवेक्षक नपठाएको र चुनावलाई मान्यता नदिने निर्णय गरेको बताउनुभएको छ । यो ११ सदस्यीय क्षेत्रीय समूहको तर्फबाट निर्वाचन नमान्ने पहिलो स्पष्ट सार्वजनिक अभिव्यक्ति हो । यस चुनावमा रूस, चीन, बेलारुस, कजाकिस्तान, निकारागुआ, भियतनाम र कम्बोडियाजस्ता अधिनायकवादी भनिने मुलुकका साथै भारत र जापानबाट पर्यवेक्षकहरू आएका छन् । तर ८० वर्षीया पूर्व नेतृ आङ सान सुकी र उनको दल नेसनल लिग फर डेमोक्रेसीले चुनाव बहिष्कार गरेका छन् । सुकी अहिले २७ वर्षको जेल सजाय भोगिरहनुभएको छ, जसलाई व्यापक रूपमा राजनीतिक रूपमा प्रेरित र नक्कली मुद्दा भनिएको छ । उनले दल सन् २०२३ मा नयाँ सैन्य नियमअनुसार दर्ता गर्न अस्वीकार गरेपछि विघटन गर्न बाध्य बनाइएको थियो ।

अन्य धेरै दलले पनि अनुचित सर्तहरू भन्दै दर्ता नगरेका वा चुनावमा नउत्रिने निर्णय गरेका थिए । विपक्षी समूहहरूले मतदान बहिष्कारको आह्वानसमेत गरेका छन् । नयाँ निर्वाचन संरक्षण कानूनले चुनावको आलोचना गर्नेहरूलाई कडा सजायको व्यवस्था गरेको छ, जसअन्तर्गत हालै ४०० भन्दा बढी व्यक्तिमाथि पत्रपत्रिका वा अनलाइन गतिविधिका कारण मुद्दा चलाइएको छ । सैन्य सरकारका अनुसार शासनविरुद्ध लडिरहेका सशस्त्र समूहहरूले अघिल्ला दुई चरणमा मतदान केन्द्र र सरकारी भवनहरूमा आक्रमण गर्दा कम्तीमा दुई प्रशासनिक अधिकारीको ज्यान गएको थियो । आइतबार बिहान ६ बजेदेखि छ क्षेत्र र तीन राज्यका ६१ टाउनसिपमा मतदान भएको हो, जसमा हालै झडप भएका क्षेत्रहरू पनि समावेश छन् ।

सशस्त्र द्वन्द्वकै कारण तीन चरणमा निर्वाचन गरिएको हो । डिसेम्बर २८ र जनवरी ११ मा भएका पहिलो दुई चरणमा ३३० मध्ये २०२ टाउनसिपमा मतदान भएको थियो । सशस्त्र विपक्षीको नियन्त्रणमा रहेका ६७ टाउनसिपमा मतदान नभएकाले ६६४ सदस्यीय संसद्का सिट घटेर ५८६ मा सीमित भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो दुई चरणपछि युएसडिपीले संसद्का दुवै सदनमा २३३ सिट जितेको छ । सेनाका लागि आरक्षित १६६ सिट जोड्दा यो पक्षसँग आवश्यक २९४ भन्दा धेरै सिट पुगेका छन् । अन्य १७ दलले एकदेखि १० सिटसम्म मात्र जितेका छन् ।

अन्तिम नतिजा यस हप्ताको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ । सैन्य सरकारले मार्चमा संसद् बोलाउने र अप्रिलमा नयाँ सरकारले कार्यभार सम्हाल्ने जनाएको छ । देशभर ५७ राजनीतिक दलका चार हजार ८०० भन्दा बढी उम्मेदवार राष्ट्रिय तथा क्षेत्रीय सभाका लागि प्रतिस्पर्धामा थिए । सैन्य सरकारका अनुसार दुई करोड ४० लाखभन्दा बढी योग्य मतदाता रहे पनि यो सङ्ख्या सन् २०२० को तुलनामा ३५ प्रतिशत कम हो । पहिलो दुई चरणमा ५० देखि ६० प्रतिशत मतदान भएको दाबी गरिएको छ ।


प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP