Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • उत्साहित छन् नयाँ मतदाता
उत्साहित छन् नयाँ मतदाता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ९, २०८२

चितवन-  दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहोल बन्दै गएको छ । उम्मेदवार लिएर दलका नेता तथा कार्यकर्ता मत माग्न घरघर जान थालेका छन्भने दलहरू भेला र निर्वाचनको माहोल बनाउने काममा जुटेका छन् । निर्वाचनको माहोल बन्दै गर्दा पहिलो पटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।  

भरतपुर महानगरपालिका–१० का सोफिल मोक्तान नयाँ ऊर्जाका साथ देश विकास गर्ने योजना भएका नेतालाई निर्वाचित गरेर पठाउन मत हाल्नका लागि आफू उत्साहित भएको बताए । दलहरूले आ–आफ्ना उम्मेदवारको पक्षपोषण गरे पनि कसलाई जिताउने भन्ने अधिकार रहेक मतदातामा रहेकाले आफू पहिलोपटक त्यसको प्रयोग गर्न गएकामा उनले खुसी व्यक्त गरे । “पहिलो पटक मतदान गर्न लागेको छु । उत्साहित छु । देशको विकास गर्न सक्ने नेतृत्व छान्ने हो”, मोक्तानले भने । 
 
यस्तै, भरतपुर महानगरपालिका–१२ का रीतिक रिमाल कुन उम्मेदवार ठिक छन् भनेर अध्ययनमै रहेकाले एजेण्डा हरेर मत हाल्ने बताए। उनले भने, “कुन उम्मेदवार कस्तो भन्ने विषयमा अध्ययन नगरी मतदान गर्दैनन् । राम्रो र सक्षम नेतृत्वलाई देशको विकासमा अघि बढाउन आवश्यक छ । त्यसैअनुसार सोच बनाइरहेको छु ।”

रिमाल जेनजी आन्दोलनका पक्षमा पनि लाग्नुभएको थियो । उनले पहिलो पटक मतदान गर्दै छन्  ।  भरतपुर महानगरपालिका–५ का शमिर शर्मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन्  । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ की भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उनले बताए । “राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउ र देशको विकासमा आफ्नो योगदान पुर्या‍उ भन्ने लागेको छ । युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने सोच छ”, शर्माले भने ।  

Hardik health

सञ्चुकुमारी तामाङ पनि आफूले पहिलो पटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताए । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उनले बताए ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश युवा मतदाता रहेका छन् । केही यस अघिनै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन् । 

जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्, जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट मतदानको व्यवस्था गरिएको छ ।निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । तीमध्ये ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् । 

यस्तै, क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्र रहेका छन् । क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एकजना तेस्रो लिङ्गी रहेका छन् । प्रतिनिधिसभामा विसं २०७९ मा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै शुक्रबार, माघ ९, २०८२
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल शुक्रबार, माघ ९, २०८२
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान शुक्रबार, माघ ९, २०८२
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो शुक्रबार, माघ ९, २०८२
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP