Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ९, २०८२
Energy Drink Energy Drink

एपी- इरानभर जारी विरोध प्रदर्शनमाथि भएको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ । अमेरिका-आधारित मानव अधिकार कार्यकर्ताहरूका अनुसार देशको इतिहासकै सबैभन्दा व्यापक इन्टरनेट ब्ल्याकआउट दुई हप्ता नाघेपछि वास्तविक मृतक सङ्ख्या अझै बढी हुनसक्ने गम्भीर आशङ्का हाे ।

जनवरी ८ देखि इरानी अधिकारीहरूले इन्टरनेट पहुँच लगभग पूर्ण रूपमा बन्द गरेकाले देशभित्रको अवस्था बारे विश्वसनीय सूचना प्राप्त गर्न अत्यन्त कठिन बनेको छ । यहीबीच अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकी नौसेनाको एक विमानवाहक समूह मध्यपूर्व नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै यसलाई ‘आर्मडा’ अर्थात् विशाल नौसैनिक शक्तिसँग तुलना गरेका छन् ।

मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीका अनुसार मृतकमध्ये चार हजार ७१६ जना प्रदर्शनकारी, २०३ जना सरकारसम्बद्ध व्यक्ति, ४३ जना बालबालिका र ४० जना विरोधमा संलग्न नभएका सर्वसाधारण नागरिक छन् । साथै, अधिकारीहरूले चलाएको व्यापक गिरफ्तारी अभियानमा २६ हजार ८०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको जनाइएको छ । उक्त एजेन्सीले इरानभित्र रहेका कार्यकर्ताहरूको सञ्जालमार्फत मृत्यु पुष्टि गर्दै आएको छ र यसका अघिल्ला तथ्याङ्कहरू पनि प्रायः विश्वसनीय ठहरिएका छन् । दशकौँयताका कुनै पनि विरोध आन्दोलनभन्दा यो मृतक सङ्ख्या बढी भएको बताइन्छ, जसले सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अराजक अवस्थाको सम्झना दिलाएको छ ।

Ncell
Hardik health

इरान सरकारले भने बुधबार पहिलोपटक आधिकारिक रूपमा तीन हजार ११७ जनाको मृत्यु भएको स्वीकार गरेको छ । सरकारी विवरणअनुसार डिसेम्बर २८ देखि सुरु भएको आन्दोलनमा दुई हजार ४२७ जना नागरिक र सुरक्षा बलका सदस्य मारिएका थिए भने बाँकीलाई ‘आतङ्कवादी’ का रूपमा वर्गीकृत गरिएको छ । विगतमा इरानी सरकारले यस्ता घटनामा मृतक सङ्ख्या कम देखाउने वा सार्वजनिक नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

एसोसिएटेड प्रेसले इन्टरनेट बन्द र अन्तर्राष्ट्रिय कल अवरुद्ध भएकाले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानमा विदेशी पत्रकारहरूको प्रत्यक्ष रिपोर्टिङ क्षमता सीमित छ र सरकारी टेलिभिजनले प्रदर्शनकारीहरूलाई अमेरिका र इजरायलद्वारा उक्साइएका ‘दङ्गाकारी’ भन्दै प्रमाणबिनै आरोप लगाइरहेको छ । शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या र तेहरानले सम्भावित सामूहिक मृत्युदण्डतर्फ कदम चाल्न सक्ने सङ्केत दिएपछि तनाव झन् बढेको छ । राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या र सामूहिक मृत्युदण्डजस्ता कदमलाई पार गर्न नहुने लक्ष्मण रेखा भन्दै कडा चेतावनी दिएका छन् । 

इरानका महान्यायाधिवक्ता लगायतका अधिकारीहरूले पक्राउ परेकामध्ये केहीलाई ‘मोहरेब’ अर्थात् ‘ईश्वरका शत्रु’ भन्दै मृत्युदण्ड योग्य अपराधको अभियोग लगाएका छन् । यही अभियोग सन् १९८८ मा पनि प्रयोग गरिएको थियो, जसमा कम्तीमा पाँच हजार मानिस मारिएको बताइन्छ । यसैबीच, अमेरिकी सेनाले मध्यपूर्वतर्फ थप सैन्य सम्पत्ति सारिरहेको छ । यसमा विमानवाहक युएसएस अब्राहम लिङ्कन र यससँगै यात्रा गर्ने युद्धपोतहरू समावेश छन् । नाम नछाप्ने सर्तमा एक अमेरिकी नौसेना अधिकारीले लिङ्कन स्ट्राइक समूह हाल हिन्द महासागर क्षेत्रमा रहेको जानकारी दिए  ।

बिहीबार एयरफोर्स वनमा राष्ट्रपति ट्रम्पले ‘यदि इरानले कारबाही गर्न चाह्यो भने’ अमेरिका तयारी अवस्थामा रहेको भन्दै “हामीसँग त्यस दिशामा विशाल फ्लीट छ, सायद प्रयोग नै गर्न नपर्ला” भने । राष्ट्रपति ट्रम्पले यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी र इरानी अधिकारीबीच धेरै चरणमा वार्ता भएको स्मरण गराउँदै सम्झौता नभए सैन्य कारबाहीको चेतावनी पनि दोहोर्‍याएका  छन्  । “हामीले प्रहार गर्नुअघि उनीहरूले सम्झौता गर्नुपर्ने थियो”, उनले जोड दिए ।
 


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP