Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ९, २०८२

एपी- संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको छ, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको हाे । 

सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण रूपमा टुंगिएका छैनन् । डब्लुएचओका अनुसार अमेरिकाले अझै सन् २०२४ र २०२५ का सदस्य शुल्क नतिरेकाले १३ करोड डलरभन्दा बढी रकम बक्यौता रहेको छ । यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानुनी बाध्यता नरहेको दाबी गरेका छन्  । अर्कोतर्फ, विज्ञहरूले अमेरिकाले डब्लुएचओमार्फत प्राप्त गर्दै आएको विश्वव्यापी रोग निगरानीसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्कमा पहुँच गुम्ने खतरा औंल्याएका छन् ।

राष्ट्रपति ट्रम्पले कोभिड-१९ महामारीको व्यवस्थापनमा डब्लुएचओ असफल भएको, आवश्यक सुधार लागू गर्न नसकेको तथा सदस्य राष्ट्रहरूको राजनीतिक प्रभावबाट स्वतन्त्र रहन नसकेको आरोप लगाउँदै सङ्गठनबाट बाहिरिने कार्यकारी आदेश जारी गरेका थिए  । उनका अनुसार डब्लुएचओले महामारीका बेला मास्क प्रयोग र भाइरसको हावाबाट फैलिने विषयमा ढिलाइपूर्ण र गलत सल्लाह दिएको थियो ।

Hardik health

सार्वजनिक स्वास्थ्य विज्ञहरूले अमेरिकी निर्णयले विश्वव्यापी रोग नियन्त्रण प्रयासमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । जर्जटाउन विश्वविद्यालयका विशेषज्ञ लरेन्स गोस्टिनले यस निर्णयलाई ‘दीर्घकालीन रूपमा अत्यन्तै हानिकारक’ भन्दै यसले नयाँ महामारी, पोलियो उन्मूलन, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम र खोप तथा औषधि विकास प्रक्रियामा बाधा पुर्‍याउने बताए ।

डब्लुएचओ संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विशेष स्वास्थ्य निकाय हो, जसले इबोला, एमपक्स, पोलियोजस्ता रोगको प्रकोप नियन्त्रणमा समन्वय गर्ने, गरिब राष्ट्रलाई प्राविधिक सहयोग प्रदान गर्ने तथा विश्वव्यापी स्वास्थ्य मापदण्ड तय गर्ने काम गर्दै आएको छ । विश्वका प्रायः सबै देश यसको सदस्य छन्, र अमेरिकाको फिर्तीलाई विश्व स्वास्थ्य व्यवस्थापनका लागि ठूलो झट्काका रूपमा हेरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम
टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP