Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव
ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ९, २०८२

एपी- जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेका  छन् । यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उहाँको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको हाे । 

यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहितको बजेटमाथि छलफल र मतदान केही समय ढिलाइ हुने देखिएको छ । गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । तर यस छोटो अवधिमै उनले करिब ७० प्रतिशतको बलियो अनुमोदन दर कायम गर्न सफल हुनुभएको छ, जसलाई राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानसमर्थक टिप्पणी गरेपछि चीनसँग जापानको सम्बन्धमा चिसोपन बढ्दै गएको छ । साथै, वासिङ्टन र बेइजिङ दुवैले यस क्षेत्रमै सैन्य श्रेष्ठता कायम गर्न खोजिरहेका बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समीकरणका बीच उनले रक्षा क्षेत्रमा खर्च बढाउने चाहना व्यक्त गरेकी  छन् ।

चार सय ६५ सदस्यीय तल्लो सदन विघटनसँगै मङ्गलबारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुनेछ । सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गर्नासाथ उपस्थित सांसदहरू उभिएर ‘बान्जाइ’ अर्थात् ‘दीर्घायु’ भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारीका लागि तात्कालिक रूपमा सक्रिय भएका थिए ।

Hardik health

बहुमत विस्तार गर्ने ताकाइचीको आशा 
प्रारम्भिक चुनावको योजना बनाउनुको मूल उद्देश्य दुई सदनात्मक संसद्को तुलनात्मक रूपमा बढी शक्तिशाली तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार गर्नु रहेको प्रधानमन्त्री ताकाइचीले स्पष्ट पारेकी छन् । उनको लोकप्रियताले यस प्रयासलाई बल पुग्ने विश्वास लिइएको छ ।

सन् २०२४ मा चुनाव पराजय व्यहोरेपछि भ्रष्टाचारसम्बन्धी काण्डले बदनाम बनेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र यसको गठबन्धनसँग तल्लो सदनमा केवल झिनो बहुमत मात्र छ । माथिल्लो सदनमा भने गठबन्धनसँग बहुमत नहुँदा आफ्ना नीति तथा कार्यक्रम पारित गर्न विपक्षी दलका सांसदहरूको समर्थनमा निर्भर रहनुपरेको अवस्था छ ।

प्रमुख आर्थिक कार्यक्रमका लागि आवश्यक बजेट पारित गर्न ढिलाइ गरेको भन्दै विपक्षी नेताहरूले प्रधानमन्त्री ताकाइचीको कडा आलोचना गरेका छन् । यसबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “म विश्वास गर्छु कि सार्वभौम नागरिकका रूपमा जनताले साने ताकाइची प्रधानमन्त्री हुनुपर्छ कि हुँदैन भन्ने निर्णय गर्ने यही एक मात्र विकल्प हो, म प्रधानमन्त्रीका रूपमा मेरो सम्पूर्ण करियर यस निर्णयसँग जोड्दैछु ।”

कट्टर रूढीवादी धारणा राख्नुहुने प्रधानमन्त्री ताकाइचीले आफ्ना मध्यमार्गी पूर्ववर्ती शिगेरु इसिबासँगको वैचारिक भिन्नता प्रस्ट रूपमा देखाउन चाहेकी छन्  । उनका अनुसार जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउन वित्तीय खर्च विस्तार, सैन्य संरचना सुदृढीकरण तथा कडा आप्रवासन नीतिहरू आवश्यक छन् र यी विषयमा मतदाताले निष्पक्ष मूल्याङ्कन गर्नुपर्नेछ ।

उत्साही र निर्णायक नेतृत्व छविका कारण विशेषगरी युवा पुस्तामाझ उनको अनुमोदन दर बलियो देखिएको छ । यद्यपि, राजनीतिक कोषसम्बन्धी घोटालाबाट एलडिपी अझै पूर्ण रूपमा मुक्त हुन नसकेकाले परम्परागत समर्थक मतदातामध्ये केही विश्वव्यापीकरणविरोधी सान्सेइतो जस्ता उदीयमान अति–दक्षिणपन्थी लोकप्रिय विपक्षी दलतर्फ आकर्षित भएका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम
टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP