Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको कदमपछि युरोपमा राहत
ट्रम्पको कदमपछि युरोपमा राहत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ८, २०८२
Energy Drink Energy Drink

एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कदमपछि युरोपमा राहत मिलेकाे छ । ट्रम्पको कडा अडान  नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका हुन् ।

स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फोरममा सहभागी युरोपेली नेताहरूले एक दिनअघि मात्रै आठ युरोपेली राष्ट्रमा शुल्क लगाउने धम्की दिएका ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् । राष्ट्रपति ट्रम्पले अब ग्रिनल्यान्ड कब्जा गर्न बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाबारे नाटोसँगको सहकार्यमा नयाँ ढाँचा तयार गर्ने बताएका  छन् । तर यो नयाँ ग्रिनल्यान्डसम्बन्धी समझदारीले वास्तवमा के जनाउँछ भन्ने विषयमा अझै धेरै प्रश्नहरू अनुत्तरित नै रहेका छन् ।

यसैबीच, डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले आफ्नो देशको सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता सम्भव नभएको स्पष्ट पारेका छन्  । अमेरिकी पक्षले ग्रिनल्यान्डमाथि बल प्रयोग नगर्ने र आर्कटिक सुरक्षाका लागि नाटोसँग सहकार्य गर्ने बताएको सन्दर्भमा उनलाई ‘यस्तो कुनै प्रस्ताव नरहेको’ जानकारी दिइएको उनको भनाइ छ । एक वक्तव्यमा उनले आर्कटिक क्षेत्रको सुरक्षा सम्पूर्ण नाटोको साझा विषय भएको र यसबारे अमेरिकी राष्ट्रपति र नाटो महासचिव मार्क रुटबीच छलफल हुनु स्वाभाविक भएको बताए । उनले डाभोसमा राष्ट्रपति ट्रम्पसँग भेटघाट हुनु अघि र पछि समेत महासचिव रुटसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।

Ncell
Hardik health

डाभोसकै कार्यक्रममा अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति ट्रम्पले युक्रेनका लागि ‘ट्यारिफ-फ्री जोन’ जस्तो अवधारणा विचार गरिरहेको खुलासा गरे । उनका अनुसार यसले युद्धग्रस्त युक्रेनमा उद्योग र अर्थतन्त्रको पुनर्निर्माणमा ठूलो सहयोग पुर्‍याउन सक्छ । “राष्ट्रपतिले युक्रेनका लागि शुल्कमुक्त क्षेत्रको कुरा गरेका छन्, जुन मेरो विचारमा खेल परिवर्तन गर्ने खालको हुनेछ”, विटकफले युक्रेन ब्रेकफास्ट नामक साइडलाइन कार्यक्रममा भने ।

रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौताका लागि पहल गरिरहेको अमेरिकी प्रशासनको तर्फबाट विटकफले मस्को जानुअघि यी टिप्पणीहरू गरेका हुन् । उनले अबुधाबी क्षेत्रतर्फ पनि भ्रमण गर्ने योजना रहेको बताउँदै त्यहाँ सैन्य-देखि-सैन्य संवाद र समृद्धिसम्बन्धी विषयमा कार्य समूहस्तरका छलफल हुने जानकारी दिए ।

यता, डाभोसमा उपस्थित युरोपेली प्रतिनिधिहरूले ट्रम्पको पछिल्लो अभिव्यक्तिले तत्कालका लागि तनाव कम गरेको प्रतिक्रिया दिएका छन् । विश्व आर्थिक फोरमको एक कार्यक्रममा युक्रेन युद्ध र आर्कटिक सुरक्षाबारे नाटो महासचिव रुटसँग छलफल हुने कार्यक्रमलाई समेत महत्त्वका साथ हेरिएको थियो । ट्रम्पको ग्रिनल्यान्डसम्बन्धी अडान फेरिएसँगै युरोपमा तत्कालको सङ्कट टरेको अनुभूति भए पनि यसको दीर्घकालीन प्रभावबारे अझै स्पष्टता आउन बाँकी रहेको विश्लेषकहरूको भनाइ छ ।


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP