Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता
काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ८, २०८२

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् । तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या एक लाख ५९ हजार ११० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको हाे । 

काभ्रेपलाञ्चोकबाट दुई मतदाताले अन्यमा नाम लेखाएका छन् । जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेकामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्रसहित १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा १६ दलका र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

क्षेत्र नं २ मा दुईवटा दल र एकजना स्वतन्त्र गरी तीनजना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार जिल्लामा स्वतन्त्र उम्मेदवार ११ जना छन् । यसपटक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा नरहेका उनले जानकारी दिए  ।

जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवाकोटीले जानकारी दिए । क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अमित लामा, नेपाली कांग्रेसबाट गुणराज मोक्ततान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईंको उम्मेदवारी परेको उनले बताए । 

Hardik health

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेसनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गोल नेसनल अर्गनाइजेसनका तर्फबाट कमलबहादुर लामा, समावेशी समाजवादी पार्टीबाट विनोद लामाले उम्मेदवारी दर्ता गराएका छन् । 

जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धीराज लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव समूह)बाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् भने राजेश श्रेष्ठ, युवराज चौलागई, जीवन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अशोक ब्याञ्जू, नेपाली कांग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मदन भण्डारीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जीव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैँजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेसनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् । 

राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मङ्गोल नेसनल अर्गनाइजेसनका तर्फबाट उमेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टङ्कबहादुर लामाको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशील लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ती क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । 

साथै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ वटा मतदानस्थलमा चार सय मतदान केन्द्र कायम गरिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी
पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी बिहीबार, माघ ८, २०८२
झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता
झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता बिहीबार, माघ ८, २०८२
मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी
मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी बिहीबार, माघ ८, २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा खरखडाइ खुला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा खरखडाइ खुला बिहीबार, माघ ८, २०८२
सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ
सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP