Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२
Energy Drink Energy Drink

एएफपी- हालैका वर्षहरूमा पाकिस्तानमा वायु प्रदूषणले रेकर्ड स्तर छोएपछि स्वच्छ हावाको माग गर्दै नागरिकहरू आफैँ अग्रसर हुन थालेका छन् । सरकारी प्रयास अपर्याप्त भएको ठान्दै कतिपयले हावाको गुणस्तर नाप्ने मोनिटर जडान गरेका छन् भने कतिपयले अदालतको ढोका ढकढक्याइरहेका छन् ।

करिब एक दशकअघि इन्जिनियर आबिद उमरले सरकारले ‘मौसमी कुहिरो’ भनेर वर्णन गरेको अवस्था वास्तवमा नयाँ र खतरनाक प्रदूषण समस्या भएको शंका गरे । लाहोरमा यस्तो अवस्था आफ्नो बाल्यकालमा नदेखिएको स्मरण गर्दै हाल कराचीमा बसोबास गरिरहेका ४५ वर्षीय उमरले सरकारी तथ्यांक नआएपछि आफैँ वायु गुणस्तर मापन गर्ने निर्णय गरे ।

उनको संस्थाले सन् २०१६ मा पहिलो वायु मोनिटर जडान गर्‍यो र अहिले देशभर करिब १५० वटा मोनिटर सञ्चालनमा छन् । ती तथ्यांक अन्तर्राष्ट्रिय अनुगमन संस्था आइक्युएयरमा पठाइन्छन्, जसले सन् २०२४ मा पाकिस्तानलाई विश्वकै तेस्रो सबैभन्दा प्रदूषित देशका रूपमा वर्गीकृत गरेको थियो । क्यान्सर निम्त्याउने पीएम २.५ कणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको सिफारिसभन्दा औसतमा १४ गुणा बढी देखिएको छ ।

Ncell
Hardik health

खराब डिजेल, कृषि जलाइ र जाडो मौसमको संयोजनले धुवाँ चरम अवस्थामा पुग्दा विद्यालय बन्द हुने र अस्पतालहरू भरिने अवस्था सिर्जना हुन्छ । यस्ता तथ्यांकले लाहोर उच्च अदालतमा सन् २०१७ मा दायर मुद्दामा महत्त्वपूर्ण प्रमाणको काम गरेका थिए, जसपछि अदालतले धुवाँलाई जनस्वास्थ्यका लागि खतरनाक वायु प्रदूषणका रूपमा मान्यता दियो । अदालतकै कक्षभित्र मोनिटर प्रयोग गरी हावा खतरनाक स्तरमा रहेको देखाइएपछि पञ्जाब सरकारले आफ्नै अनुगमन केन्द्र स्थापना गर्नुपरेको थियो ।

सरकारले निजी मोनिटरहरू अविश्वसनीय भएको दाबी गरे पनि शोधकर्ताहरूले तिनलाई सरकारी तथ्यांकको आवश्यक पूरक मानेका छन् । अधिकारीहरूले इँटा भट्टी व्यवस्थापन, उच्च प्रदूषण गर्ने सवारीसाधनमा जरिवाना र कृषि जलाउन निरुत्साहित गर्ने उपाय थालेका छन् ।

इस्लामाबादमा शिक्षाविद् उमैर शाहिद र ताहा अलीले सस्तो थ्रीडी-प्रिन्टेड मोनिटर प्रयोग गरी समुदायमा चेतना फैलाइरहनुभएको छ । ती उपकरणले योग अभ्यासदेखि पारिवारिक गतिविधिको समय मिलाउन र मास्क तथा एयर प्युरिफायर प्रयोग गर्न प्रेरित गरेको छ ।

प्रदूषण नदेखिए पनि वर्षभरि हावाको गुणस्तर खराब रहेको तथ्यांकले देखाउँछ । विश्व बैंकका अनुसार सन् २०१९ मा प्रदूषणकै कारण पाकिस्तानमा करिब दुई लाख ३० हजार अकाल मृत्यु भए र स्वास्थ्य लागत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ९ प्रतिशत बराबर पुगेको थियो ।

सरकारी निष्क्रियताप्रति असन्तुष्ट २२ वर्षीया जलवायु अभियानकर्ता हानिया इमरानले डिसेम्बर २०२४ मा ‘स्वच्छ हावामा सास फेर्ने अधिकार’ का लागि राज्यविरुद्ध मुद्दा दायर गर्नुभएको थियो । स्वच्छ इन्धन र दिगो यातायात प्रणालीको माग गर्दै उनले प्रदूषणका लागि समाज स्वयं जिम्मेवार हुनुपर्ने बताए  ।
 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP