Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२
Energy Drink Energy Drink

सियोल- उत्तर कोरियाले प्रत्येक वर्ष १० देखि २० वटा आणविक हतियार बनाउन पुग्ने मात्रामा आणविक सामग्री उत्पादन गरिरहेको दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बुधबार बताएका छन् । नयाँ वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लीले प्योङयाङको आणविक र मिसाइल क्षमताले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षा चुनौती सिर्जना गरिरहेको धारणा राखे ।

“अहिले पनि उत्तर कोरियामा वर्षमा १० देखि २० वटा आणविक हतियार उत्पादन गर्न पर्याप्त आणविक सामग्री तयार भइरहेको छ”, राष्ट्रपति लीले पत्रकारहरूसँग भने । उनका अनुसार उत्तर कोरियाले अमेरिकाको मुख्य भूमिलाई लक्षित गर्ने उद्देश्यले लामो दूरीका ब्यालेस्टिक मिसाइल प्रविधि निरन्तर परिष्कृत गरिरहेको छ ।

राष्ट्रपति लीले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) क्षमताको सन्दर्भमा उत्तर कोरियाले आफ्नो शासन जोगाउन आवश्यक ठानिएको आणविक शस्त्रागार सुरक्षित गरिसकेको उल्लेख गरे ।  “एक समय यस्तो आउन सक्छ, जब उत्तर कोरियाले संयुक्त राज्य अमेरिकालाई मात्र होइन, विश्वव्यापी रूपमा नै खतरा उत्पन्न गर्ने क्षमतायुक्त आइसिबिएम र आणविक शक्ति हात पार्नेछ”, उनले चेतावनी दिँदै भने, “यदि आवश्यकताभन्दा बढी आणविक सामग्री संचित भयो भने, त्यो देशबाहिर निर्यात हुनसक्छ । त्यसपछि समस्या केवल कोरियाली प्रायद्वीपमा सीमित रहने छैन, विश्वव्यापी खतरा देखा पर्नेछ ।”

Ncell
Hardik health

 उत्तर कोरियाको आणविक कार्यक्रमलाई समाधान गर्न व्यावहारिक र यथार्थपरक दृष्टिकोण आवश्यक रहेको राष्ट्रपति लीको भनाइ छ । उनका अनुसार आणविक सामग्री उत्पादन र आइसिबिएम विकासलाई निलम्बन गर्नुका साथै विदेश निर्यातमा रोक लगाउन सके सबै पक्षका लागि लाभदायक हुनेछ ।  “यो सबैका लागि फाइदाजनक उपाय हुनेछ”, उनले भने । उनले यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ दुवैसँग आफ्ना तर्कहरू राखिसकेको जानकारी दिए ।

गत जुन महिनामा पदभार सम्हालेदेखि नै राष्ट्रपति लीले कुनै पूर्वशर्त नराखी उत्तर कोरियासँग संवाद सुरु गर्न जोड दिँदै आएको छ, जुन उनका पूर्ववर्तीको कठोर नीतिभन्दा फरक मानिन्छ । तर प्योङयाङले अहिलेसम्म उक्त प्रस्तावप्रति कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

यसैबीच उत्तर कोरियाले हालै दक्षिण कोरियाले सीमावर्ती सहर केसोङ क्षेत्रमा ड्रोन उडाएको आरोप लगाएको छ । राष्ट्रपति लीको कार्यालयले उक्त आरोप अस्वीकार गर्दै दक्षिण कोरियाली सरकारको संलग्नता नरहेको स्पष्ट पारेको छ, यद्यपि सो कार्य कुनै निजी व्यक्तिबाट हुनसक्ने सम्भावनालाई भने नकारिएको छैन ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP