Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • झापामा १५ महिलासहित ९० जना मैदानमा
झापामा १५ महिलासहित ९० जना मैदानमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२

झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा १५ महिलासहित ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ जना महिलाको सङ्ख्या कूल उम्मेदवारीको करिब १७ प्रतिशत मात्र हो ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएकामा दुई स्वातन्त्रसहित १५ जना महिला रहेका छन् । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले एक जना पनि महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छैन ।
क्षेत्र नं २ मा सबैभन्दा बढी महिलाको उम्मेदवारी परेको छ । यहाँ नेपाली कांग्रेसकी सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट धर्मशीला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इन्दिरा रानामगर, श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती चुनावी मैदानमा छन् । यस क्षेत्रमा एमालेकातर्फबाट पूर्वसभामुख देवराज घिमिरेको मनोनयन दर्ता भएको छ ।

क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी र जसपाकी रमा मेचेले प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र नं ३ मा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेमकिपाकी धर्मलक्ष्मी दुवाल र जसपाकी विनिताकुमारी राजवंशी चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं ४ मा दुई महिला उम्मेदवार छन् । जसमा श्रम संस्कृति पार्टीकी अमृतादेवी राई र नेमकिपाकी तुलसी लक्ष्मी दुमरु हुन् । क्षेत्र नं ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहलगायत उम्मेदवारसँग भिड्न तीन जना महिला चुनावी मैदानमा छन् । यहाँ नेपाली कांग्रेसबाट मन्धरा चिमिरिया तथा स्वतन्त्रबाट रञ्जिता गौतम र शोभा भण्डारीले मनोनयन दर्ता गराएका हुन् ।

Hardik health

संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरे पनि प्रत्यक्ष निर्वाचनमा दलहरूले देखाएको उदासिनताप्रति अधिकारकर्मीले प्रश्न उठाएका छन् । समावेशिताको नारा दिने प्रमुख दलले प्रत्यक्षतर्फ महिलालाई विश्वास नगरेका पत्रकार भीमा शिवाकोटीले बताए । उनले भने, “कूल उम्मेदवारीको तुलनामा महिलाको सङ्ख्या न्यून हुनुले नीति निर्माण तहमा महिला पुग्ने बाटो अझै साँघुरो रहेको देखाउँछ ।” दलहरूले टिकट वितरणमा पुरुषलाई प्राथमिकता दिँदा महिलाहरू समानुपातिक सूचीमा मात्र सीमित हुनुपर्ने बाध्यता यसपटक पनि कायमै देखिएको उनको भनाइ छ ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता
प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता बुधबार, माघ ७, २०८२
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा बुधबार, माघ ७, २०८२
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन बुधबार, माघ ७, २०८२
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी बुधबार, माघ ७, २०८२
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा बुधबार, माघ ७, २०८२
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP