Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • आबे हत्या प्रकरणमा आजीवन सजाय
आबे हत्या प्रकरणमा आजीवन सजाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२
Energy Drink Energy Drink

एएफपी- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ ।   नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाएको हो । 

तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो । मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो । बुधबार बिहानै अदालत प्रवेशका लागि टिकट लिन लामो लाइन लागेको दृश्यले यसको गम्भीरता झल्काएको थियो ।

पैँतालिस वर्षीय यामागामीले जुलाई २०२२ मा चुनावी अभियानका क्रममा भाषण दिइरहनुभएका जापानका सबैभन्दा लामो समय सेवा गरेका प्रधानमन्त्री आबेमाथि हस्तनिर्मित बन्दुक प्रयोग गरी गोली प्रहार गरेको अभियोग खेपेका थिए । उनीमाथि हत्या तथा बन्दुक नियन्त्रण कानून उल्लङ्घनको आरोप लगाइएको थियो । अक्टोबरमा मुद्दा सुरु हुँदा यामागामीले हत्या गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए । जापानी कानूनी व्यवस्थाअनुसार अपराध स्वीकार गरे पनि मुद्दा पूरै सुनुवाइ हुन्छ ।

Ncell
Hardik health

अदालतबाहिर उपस्थित नागरिकहरूले यस घटनाले जापानी समाजमा पारेको गहिरो प्रभावबारे प्रतिक्रिया जनाएका थिए । केहीले पीडितप्रति सहानुभूति व्यक्त गरे भने केहीले यामागामीको जीवन पृष्ठभूमिलाई समेत विचार गर्नुपर्ने माग राखेका थिए । अभियोजनकर्ताहरूले हत्यालाई ‘युद्धपछिको जापानी इतिहासमै अभूतपूर्व’ भन्दै समाजमा यसको अत्यन्त गम्भीर असर परेको तर्क प्रस्तुत गर्दै आजीवन कारावासको माग गरेका थिए । जापानमा आजीवन कारावासमा प्यारोलको कानूनी सम्भावना भए पनि व्यवहारमा धेरै कैदी जेलमै जीवन समाप्त गर्ने विज्ञहरूको भनाइ छ ।

मुद्दाको क्रममा अभियोजन पक्षले यामागामीको उद्देश्य एकीकरण चर्चलाई बदनाम गर्नु रहेको दाबी गरेको थियो । उनकी आमाले उक्त चर्चलाई दिएको अत्यधिक दानका कारण परिवार आर्थिक रूपमा ध्वस्त भएको र प्रभावशाली राजनीतिज्ञहरूले सम्प्रदायलाई संरक्षण गरिरहेको विश्वास यामागामीमा बस्दै गएको तथ्य अदालतमा उजागर भएको थियो । पूर्वप्रधानमन्त्री आबे केही चर्चसम्बद्ध कार्यक्रममा सहभागी भएको पनि उल्लेख गरिएको थियो ।

प्रतिरक्षा पक्षले यामागामीको बाल्यकाल आमाको चरम धार्मिक आस्थाका कारण ‘धार्मिक दुव्र्यवहार’ बाट प्रभावित भएको दाबी गरेको थियो । वकिलका अनुसार, पारिवारिक सङ्कटपछि आमाले करिब १० करोड येन बराबरको सम्पत्ति चर्चलाई दान गरेका थिए । जसका कारण यामागामीको शिक्षा र जीवन गम्भीर रूपमा प्रभावित भयो । उनले आत्महत्याको प्रयाससमेत गरेको र पछि भाइले आत्महत्या गरेको तथ्य पनि अदालतमा प्रस्तुत भएको थियो ।

यस हत्यापछिको अनुसन्धानले एकीकरण चर्च र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका केही रूढिवादी सांसदहरूबीचको घनिष्ठ सम्बन्ध उजागर गरेको छ, जसका कारण चार मन्त्रीले पद त्याग्नुपरेको थियो । अभियोजनकर्ताहरूका अनुसार यामागामीले सन् २०२० देखि बन्दुक बनाउन सुरु गरेका थिए, जसले आक्रमण अत्यन्त पूर्वनियोजित रहेको पुष्टि गर्छ ।

कडा बन्दुक नियन्त्रणका लागि परिचित जापानमा यो घटनालाई गम्भीर चेतावनीका रूपमा लिइएको छ । बन्दुक हिंसा अत्यन्त दुर्लभ भएकाले घटनास्थलमा सुरक्षाकर्मीहरूले सुरुमा गोली चलेको बुझ्न नसकेको र उद्धारमा ढिलाइ भएको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP