Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२

काठमाडौं-  नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन आगामी २०८२ साल माघ ९ र १० गते विराटनगरमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै सुनुवारले संविधानमा सुनिश्चित आदिवासी जनजातिका मौलिक अधिकारहरूको पूर्ण कार्यान्वयन, आईएलओ महासन्धि १६९ तथा संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP) को प्रभावकारी कार्यान्वयनलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् ।

साथै, राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु, आदिवासी जनजातिको भूमि, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन उनका मुख्य समसामयिक एजेन्डा रहेको उनले बताएका छन् ।अमृत बहादुर सुनुवारले महासंघलाई एकताबद्ध, पारदर्शी, लोकतान्त्रिक र अधिकारमुखी संगठनका रूपमा सुदृढ बनाउँदै, देशभरका आदिवासी जनजातिहरूको साझा आवाजलाई राष्ट्रिय तहमा अझ सशक्त र प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Hardik health

उनले आफू नेपाल आदिवासी जनजाति महासंघको संस्थापक सदस्य संस्था ( सुनुवार सेवा समाजको तर्फबाट संस्थागत नेतृत्वका लागि अघि बढेको स्पष्ट पारेका छन् । विगत २५ वर्षभन्दा बढी समयदेखि नेपालका आदिवासी जनजातिहरूका सामूहिक अधिकार, पहिचान र प्रतिनिधित्वका सवालमा निरन्तर सक्रिय रहँदै आएका सुनुवार आदिवासी आन्दोलनका जुझारु अनुभवी अभियन्ता मानिन्छन् ।
उनले सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, आदिवासी जनजाति चलचित्र महासंघ, किरात समन्वय समिति, सुनुवार सेवा समाज लगायतका विभिन्न आदिवासी संस्थाहरूको केन्द्रीय तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद् र सचिवालयसँग नजिक रहेर लामो समयदेखि आदिवासी अधिकारसम्बन्धी नीति, कार्यक्रम, आन्दोलन र अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आएको उनको भनाइ छ ।

आदिवासी अधिकारका हरेक आन्दोलनमा अग्रपंक्तिमा उभिएर योगदान पुर्‍याउँदै आएको अनुभवले महासंघको नेतृत्व थप प्रभावकारी हुने विश्वास उनले व्यक्त गरेका छन् । आगामी दिनमा महासंघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएमा सम्पूर्ण आदिवासी जनजातिहरूका अधिकार सुनिश्चित गर्न, संगठनलाई संस्थागत रूपमा मजबुत बनाउन, र समुदायका सुख–दुःखमा सेवाभावका साथ उभिने प्रतिवद्धता उनले जनाएका छन् ।अन्त्यमा, सुनुवारले सबै आदिवासी जनजाति समुदाय, महासंघका प्रतिनिधि, अभियन्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूबाट सहयोग, समर्थन र ऐक्यबद्धताको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई सशक्त बनाउन आग्रह गरेका छन् ।
 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापामा १५ महिलासहित ९० जना मैदानमा
झापामा १५ महिलासहित ९० जना मैदानमा बुधबार, माघ ७, २०८२
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी बुधबार, माघ ७, २०८२
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा बुधबार, माघ ७, २०८२
नेपाल सरकारलाई भारतबाट ६१ वटा गाडी उपहार
नेपाल सरकारलाई भारतबाट ६१ वटा गाडी उपहार बुधबार, माघ ७, २०८२
१६५ पदमा ३४८४ जनाको उम्मेदवारी
१६५ पदमा ३४८४ जनाको उम्मेदवारी बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP