Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
विश्व
  • Home
  • विश्व
  • डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव
डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२

एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित टकरावको वातावरणबीच डाभोस आइपुगेका छन् । ग्रिनल्यान्ड अधिग्रहणसम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबीचको ट्रान्स-अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको हाे ।

विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिनअघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए  । डाभोसमा स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्डको भविष्यलाई लिएर उनको कडा अडान नै छलफलको केन्द्र बन्ने देखिएको छ । तर स्विस स्की रिसोर्टमा भेला भएका युरोपेली नेताहरूले राष्ट्रपति ट्रम्पको आक्रामक धारणा विरुद्ध एकजुट प्रतिक्रिया जनाउने सङ्केत दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘बदमाशी’ विरुद्ध दृढतापूर्वक उभिने बताएका छन् भने युरोपेली सङ्घ (इयु) ले अविचल र सामूहिक प्रतिक्रिया जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

डेनमार्क नाटोको सहयोगी सदस्य रहेको सन्दर्भमा ग्रिनल्यान्ड अधिग्रहणका लागि कति टाढासम्म जान सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा राष्ट्रपति ट्रम्पले ‘तपाईंहरूले पत्ता लगाउनुहुनेछ’ भन्ने जवाफ दिएका थिए । ह्वाइट हाउस छोड्दा उनले डाभोस भ्रमणको अन्त्य कस्तो होला भन्ने आफूलाई निश्चित थाहा नभएको स्वीकार गरे। भ्रमणको सुरुआतमै राष्ट्रपतिको जेटमा आएको सानो विद्युतीय समस्याका कारण विमान फर्किनुपरेको थियो र राष्ट्रपति तथा उनको टोली अर्को विमान प्रयोग गर्न बाध्य भएका थिए ।

विश्वका आर्थिक र राजनीतिक नेतृत्वको वार्षिक भेलामा राष्ट्रपति ट्रम्पले छ वर्षपछि पहिलो पटक सम्बोधन गर्न लागेका  हुन् । उनको भाषण स्थानीय समयअनुसार दिउँसो २ः३० बजे तय गरिएको छ । तर ग्रिनल्यान्डसम्बन्धी महत्त्वाकांक्षाका कारण दशकौँयताकै सबैभन्दा ठूलो अमेरिका-युरोप मतभेद सतहमा आएको भन्दै उहाँले डाभोसमा यस विषयमा धेरै द्विपक्षीय भेटघाट गर्ने बताएका  छन् ।

Hardik health

रूस र चीनसँगको रणनीतिक प्रतिस्पर्धाका कारण खनिज–धनी ग्रिनल्यान्ड अमेरिका र नाटो सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको राष्ट्रपति ट्रम्पको तर्क छ । पग्लँदो आर्कटिक क्षेत्रमा महाशक्तिहरूबीच प्रभाव विस्तारको प्रतिस्पर्धा तीव्र बन्दै गएको उनको भनाइ छ । यसै सन्दर्भमा उनले डेनमार्कलाई समर्थन गर्ने आठ युरोपेली देशहरूमाथि २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका छन्, जसले युरोपेली पक्षबाट अमेरिकाविरुद्ध प्रतिकारको चेतावनी आएको छ ।

युरोपले अमेरिकी बजारमा ‘व्यापारिक बाजुका’ प्रयोग गर्ने चेतावनी दिए पनि राष्ट्रपति ट्रम्पले ती धम्कीहरूलाई अस्वीकार गरे । एक अन्तर्वार्तामा उनले युरोपले जस्तोसुकै कदम चाले पनि अन्ततः त्यसको असर उनीहरूतर्फै फर्कने दाबी गरे । आगामी केही दिनमै समाधान खोज्न सकिने सम्भावनासमेत उहाँले औँल्याएका छन् ।

मङ्गलबार डाभोसमा राष्ट्रपति म्याक्रोनले अमेरिकी प्रयासले युरोपलाई अधीनमा राख्न खोजेको आरोप लगाउँदै कर धम्कीहरू अस्वीकार्य भएको बताए । राष्ट्रपति ट्रम्पले म्याक्रोनले पठाएको सन्देश सार्वजनिक गरेपछि दुई नेताबीच थप कटाक्षपूर्ण वातावरण बनेको थियो । पछि राष्ट्रपति ट्रम्पले त्यस्तो कुनै बैठकमा सहभागी नहुने बताउनुभयो भने राष्ट्रपति म्याक्रोनले औपचारिक बैठक तय नभएको स्पष्ट पारे ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिका-युरोप सम्बन्ध ‘तल झर्ने’ जोखिममा रहेको चेतावनी दिएका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने डाभोसमा ग्रिनल्यान्ड र डेनमार्कको पक्षमा स्पष्ट समर्थन जनाउँदै प्रशंसा पाएका  छन् । उनले क्यानाडा दृढतापूर्वक डेनमार्क र ग्रिनल्यान्डसँग उभिएको बताए ।

ग्रिनल्यान्डका प्रधानमन्त्रीले मङ्गलबार करिब ५७ हजार जनसङ्ख्या रहेको आफ्नो समुदायलाई सम्भावित सैन्य चुनौतीका लागि तयार रहनुपर्ने बताएका छन् । लिथुआनियाका राष्ट्रपति गिटानस नौसेदाले मित्र राष्ट्रविरुद्ध अमेरिकाले कुनै कदम चाले त्यसले ‘नाटोको अन्त्य’ हुनसक्ने चेतावनी दिए ।

यसैबीच राष्ट्रपति ट्रम्पले आफूले नाटोका लागि अरू कसैभन्दा बढी योगदान दिएको दाबी गर्दै सहयोगी राष्ट्रहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । उनले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि प्रस्तावित तथाकथित ‘शान्ति बोर्ड’ को पहिलो चार्टर घोषणा गर्ने तयारीसमेत गरेका छन्, जसको भूमिका गाजाबाट सुरु भए पनि कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मात्र सीमित नहुने देखिएको छ ।
 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आबे हत्या प्रकरणमा आजीवन सजाय
आबे हत्या प्रकरणमा आजीवन सजाय बुधबार, माघ ७, २०८२
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो बुधबार, माघ ७, २०८२
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ बुधबार, माघ ७, २०८२
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा बुधबार, माघ ७, २०८२
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP