Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
समाचार
  • Home
  • समाचार
  • १६५ पदमा ३४८४ जनाको उम्मेदवारी
मनोनयन दर्ता उत्साहजनक १६५ पदमा ३४८४ जनाको उम्मेदवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२
  • शीर्ष दलका अधिकांश उम्मेदवार नयाँ अनुहार
  • महिला उम्मेदवार १३ प्रतिशतभन्दा कम
  • ६८ दलबाट २२९७ जनाको उम्मेदवारी
  •  ११८७ जनाले दिए स्वतन्त्र उम्मेदवारी
  • ३६ देखि ५० वर्ष उमेर समूहका सबैभन्दा बढी १६१० उम्मेदवार
  • सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी
  •  अपांगता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १६५ पदमा तीन हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ५ समयसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयअवधिभित्र उक्त संख्यामा उम्मेदवारी परेको हो ।

उम्मेदवारी दर्ता गर्नेमध्ये ८७ प्रतिशत अर्थात् तीन हजार ८८ जना पुरुष रहेका छन् । दलहरुले विगतमा जस्तै महिला उम्मेदवार न्यून संख्यामा उठाएका छन् । जसको परिणाम महिला उम्मेदवार १३ प्रतिशतभन्दा कम (३९५ जना)मा खुम्चिएको छ । अन्यतर्फ एक जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । 

आयोगका अनुसार कूल ६८ दलबाट दुई हजार २९७ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गरी एक हजार १८७ जना प्रतिस्पर्धामा उत्रिएका छन् । उमेरअनुसार सबैभन्दा बढी ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१० जनाको उम्मेदवारी परेको छ । यस्तै, ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९०, २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ र ६५ देखि माथि उमेरका २०१ जना उम्मेदवार भएका छन् । 

आयोगको विवरणअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीको निर्वाचन क्षेत्र नं २ र ३ मा सबैभन्दा बढी ३५÷३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सबैभन्दा कम मुस्ताङमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अपांगता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको आयोगको विवरणमा उल्लेख छ ।

Hardik health

मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । स्वतन्त्र तथा दलका उम्मेदवारहरुले नारा जुलुससहित सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।  यसपटक उम्मेदवारी दिनेमा अधिकांश नयाँ अनुहार देखिएका छन् ।

नेपाली कांग्रेसले ६४ प्रतिशत नयाँलाई अवसर दिँदा एमालेले ५५ प्रतिशत नयाँ उम्मेदवार अगाडि सारेको छ । यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि अधिकांश उम्मेदवार नयाँ नै बनाएको पार्टीका नेता गोविन्द आचार्यले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैं पनि नयाँ दलका रुपमा देशभर उम्मेदवारी दिएकोले यसपटक नयाँ उम्मेदवारहरु भएको उक्त दलले जनाएको छ । 

बुधबार बिहान १० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । माघ ९ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने माघ ९ गते नै अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने तालिका छ ।

कांग्रेसमा ६४ प्रतिशत नयाँ अनुहार
विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व लिएका गगन थापाले प्रतिनिधिसभाको निर्वाचनमा दुईतिहाइ नयाँ अनुहारलाई चुनावी मैदानमा अगाडि सारेका छन् । कांग्रेसले उम्मेदवार बनाएका १६५ जनामध्ये १०६ जना अर्थात् ६४ प्रतिशत नयाँ अनुहार हुन् ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले नवीन सोच र बदलिएको कांग्रेसको औचित्य स्थापित गर्न निर्वाचनमा युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको बताए । ‘यो नवीन सोच र बदलिएको कांग्रेसको उदाहरण हो । देशैभर कांग्रेस नयाँ उत्साह लिएर चुनावी मैदानमा उत्रिएको छ,’ प्रवक्ता चालिसेले भने ।

कांग्रेसका यसअघिका सभापति शेरबहादुर देउवाले अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेका थिए । उक्त निर्वाचनमा कांग्रेसले ८९ क्षेत्रमामात्रै उम्मेदवारी दिएकामा ५७ सिट जितेको थियो । कांग्रेस पदाधिकारीमध्ये सभापति थापाले सर्लाही-४, महामन्त्री प्रदीप पौडेलले काठमाडौं-५, गुरुराज घिमिरेले मोरङ-४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले भने यो निर्वाचनमा उम्मेदवारी दिएका छैनन् । 

एमालेमा ५५ प्रतिशत नयाँ
नेकपा एमालेले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।  

शाहीका अनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेका उम्मेदवारमध्ये ५४.५४ प्रतिशत नयाँ छन् । सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए ।

नेकपाको १६४ क्षेत्रमा उम्मेदवारी
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिए । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ । 

रास्वपाको पनि १६४ स्थानमा उम्मेदवारी दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाकातर्फबाट मनाङमा उम्मेदवारी नपरेको हो । त्यहाँ अनिल गुरुङले पार्टीबाट सिफारिस पाएका थिए । पार्टीका नेता एवं रास्वपाकातर्फबाट काठमाडौं निर्वाचन क्षेत्र ८ का उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । 

रास्वपाका मनाङका  उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने श्रेष्ठले बताए । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिएका वीपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा बुधबार, माघ ७, २०८२
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा बुधबार, माघ ७, २०८२
नेपाल सरकारलाई भारतबाट ६१ वटा गाडी उपहार
नेपाल सरकारलाई भारतबाट ६१ वटा गाडी उपहार बुधबार, माघ ७, २०८२
उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबैप्रति प्रधानमन्त्रीकाे आभार 
उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबैप्रति प्रधानमन्त्रीकाे आभार  बुधबार, माघ ७, २०८२
कुमाल बस्तीमा पिउने पानीको समस्या
कुमाल बस्तीमा पिउने पानीको समस्या बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP