एएफपी- उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् । विस्पोटमा परी एक जना एकजना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको हाे।
प्रारम्भिक रिपोर्टहरूले इनर मङ्गोलिया स्वायत्त क्षेत्रको बाओगाङ युनाइटेड स्टिल कारखानामा भएको विस्फोट ६५० घन मिटरको पानी र स्टीम ट्याङ्कीबाट भएको देखाएको थियो । सिन्ह्वाले यस अघिको विस्फोटमा घाइते भएका ८४ जनालाई उपचारका लागि अस्पताल लगिएको बताएको थियो ।
सामाजिक सञ्जालमा आएको फुटेजमा कारखानाको छत र भग्नावशेष, माथिको धुवाँ र घटनास्थलमा फायर इन्जिनहरू देखाइएको छ । अन्य भिडियोहरूमा कारखानाबाट निस्कने धुवाँ र भवनहरूको भग्नावशेषबाट आएको जस्तो देखिने ठुलो, बेलनाकार रूपमा आकाशमा विस्फोट भइरहेको देखाइएको छ ।
स्थानीय बासिन्दाहरूले विस्फोटले उनीहरूको घरहरू हल्लाएको र झ्यालहरू च्यातेको बताएका छन् । गत जुन महिनामा मध्य चिनको हुनान प्रान्तको एक कारखानामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । सन् २०१५ मा बन्दरगाह सहर तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए ।