झापा- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गरेका हुन् ।
झापा-५ मा आज उम्मेदवारी मनोनयनका लागि आउनुभएका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको इलाका प्रहरी कार्यालय दमक र दमक नगरपालिकाको निरीक्षण गरेका हुन् ।
निरक्षणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । उनले आजै प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।