काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिनुभएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरेको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लागेका शाहले आज महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गरेका हुन् ।
रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुग्नुभएका शाहले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गरेका हुन् ।