काठमाडौं- राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राजिनामा दिएका हुन् ।
उनीहरुले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताए ।नेकपा नेता गौतम बर्दिया-१, श्रेष्ठ सर्लाही-३ र न्यौपानेले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।