Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #पुतली_नाच
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • बाइसेचौबीसेदेखिकाे पुतली नाचको रौनक
बाइसेचौबीसेदेखिकाे पुतली नाचको रौनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२

ढोरपाटन-  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । 

बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यस नाच एक दशक अगाडिसम्म चर्चामा थिएन । तर पछिल्लो समय बागलुङमै चर्चित छ । विभिन्न कपडा पहिरिएर पुतलीजस्तै बनेका व्यक्ति नाच्ने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । 

भल्कोट गाउँबाहेक अन्य कुनै पनि ठाउँमा यो नाच नाचेको पाइँदैन । बाइसेचौबीसे राज्यका सञ्चालनका समयमा राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरूको स्मृतिमा पुतली नाच्न थालेका बूढाकापा बताउँछन् । स्थानीय नैनासिंह बुढामगरले माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने र ३ गते नाचिने बताए ।
 
अघिल्लो दिन राजा, रानी र धाइमा गरी तीनवटा कपडाको पुतली बनाउने र बालक, युवा र वृद्धहरू पुतलीको पहिरन पहिरिएर बाजाको तालमा नाच्ने उनको भनाइ छ । पुतली नाच धेरै वर्ष पुरानो भए पनि अहिलेसम्म गाउँमा कुनै पनि दस्तावेज नभेटिएको बुढामगरले बताए । यो नाच भल्कोट गाउँमाथिको जौँ बारीमा नाच्दै पुग्ने र उक्त ठाउँमा बन्दुक पड्काउने, पुलतीलाई डोलामा डुलाउने, नाच्ने र साँझ परेपछि निसीखोलामा पुर्याएर विर्सजन गर्ने उजको भनाइ छ ।

“पुतली नाच धेरै वर्ष पुरानो हो, हामीनै बुढो भइयो, सानो हुँदादेखि नै नाच्दै आएको, हाम्रो अग्रज पुर्खाहरूले जोगाउँदै आएको संस्कृतिलाई हामीले पनि बचाउँदै आयौँ”, बुढामगरले भने, “यसको लामो कहानी छ, सयौँ वर्ष अगाडि धेरै राज्य थिए, त्यसमध्ये भल्कोटमा पनि एउटा राज्य सञ्चालन भएको भन्ने बूढापाकाले भन्ने गर्थे, उनीहरूले जे सिकाए हामीले पनि त्यही सिक्यौँ र अहिलेका युवालाई पनि त्यही नै सिकाइरहेका छौँ ।”

Sonam Lhosar
Hardik health

माघ ३ गते बिहानदेखि साँझसम्म पुतलीजस्तै बनेका व्यक्ति नाच्छन् । उनीहरूले सनदारमा फेटा, शरीरमा विभिन्न थरिका कपडा पहिरिएका हुन्छन् । पुतलीजस्तै बनेका उनीहरु दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । पुतली नाचसँगै माघ ३ गते भालुको पित्त देखाउने गरिन्छ । दिनैभरि पुतलीजस्तै बनेर नाच्ने व्यक्तिको बीचमा कापै खेल्ने १०–१२ युवाको टोली हुन्छ । उनीहरूले डम्फु, घाँडोलगायत थोत्रा भाँडा बजाउने गर्छन् । 

पुराना थाङ्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् । उनीहरूमध्ये एक जनालाई पुरानो घुम (भेडाको रौबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरूले भालु भन्छन् । कापै खेल्नेहरूले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्दिने गर्छन् भने बेलाबेलामा उत्तानो पारेर देखाइदिनेसमेत गर्छन् । त्यसरी यौनाङ्गा देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् । 

देख्दा अवास्भाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको चलन हो । कापै खेल्नेहरूले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर... लगायत सुन्न पनि अत्यन्तै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लील शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ८२ वर्षीया भागी घर्तीमगरले बताए। 

घर्तीमगरले भने, “यो मेला त धेरै अचम्मको छ, पुतली नाच्दाको दिन त मुखमा आएको सबै बोल्छन्, खरानी छर्छन्, यसरी मनमर्जी बोल्दा र भालुको पित्त देखाउँदा देवता खुसी हुन्छन् भन्ने मान्यता छ, पहिलापहिलाको तुलनामा त अहिले केही कम भएको छ, मान्छे शिक्षित भए, लजाउन थाले, त्यही भएर पनि विस्तारै कम हुँदै गएको छ ।”

पुतली नाचसँगै पट्टा नाचसमेत नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन् ।

अध्यक्ष्य घर्तीमगरले देशभरमा यस्ता मौलिक संस्कृति कमै भटिने हुँदा संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर स्थानीयलाई प्रेरित गरिरहेको बताए । बालकदेखि युवाले सबैले नाच्नका लागि रुचि देखाउने हुँदा संरक्षणका लागि कुनै समस्या नभएको उनको भनाइ छ । एक दशक अगाडिसम्म भल्कोट क्षेत्रमा मात्र सीमित रहेको यो नाचको पछिल्लो समय प्रचारप्रसार हुँदा हेर्न आउनेको आकर्षण बढेको अध्यक्ष घर्तीमगरले बताए ।


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ०९:५८
#पुतली_नाच
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते आइतबार, माघ ४, २०८२
चाैथो मःम महोत्सव सुरु
चाैथो मःम महोत्सव सुरु आइतबार, माघ ४, २०८२
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन आइतबार, माघ ४, २०८२
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास आइतबार, माघ ४, २०८२
राष्ट्रियसभाको अधिवेशन आजदेखि
राष्ट्रियसभाको अधिवेशन आजदेखि आइतबार, माघ ४, २०८२
टुँडिखेलमा आजदेखि सोनाम ल्होछार सांस्कृतिक महोत्सव
टुँडिखेलमा आजदेखि सोनाम ल्होछार सांस्कृतिक महोत्सव आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP