Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
समाचार
  • Home
  • समाचार
  • सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम
सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २, २०८२

काठमाडौं -  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताएका छन्  । 

आज कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयका सेवा–सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उनले भ्रष्टाचार, विचौलिया र दलालीलाई निस्तेज नगरी सुशासन सम्भव नहुने स्पष्ट पारे  । 

मन्त्री प्रा डा इङ्नामले मालपोत कार्यालयलगायत सार्वजनिक निकायमा व्याप्त भ्रष्टाचार, विचौलिया र दलाली प्रवृत्तिको सबै तहबाट कडा विरोध गर्नुपर्ने आवश्यकता औँल्याएका छन्  । सुशासनको स्थापनाका लागि अब नेतृत्व तहदेखि कर्मचारी र आमनागरिकसम्म सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । 

Hardik health

मन्त्री प्रा डा इङ्नामले कुशासनको अन्त्य गर्दै पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली विकास गर्नु आजको अपरिहार्यता भएको बताए । “हामी सबै कुशासनविरोधी कुरा गर्छौं । अब सुशासनको सुरुआत हामीबाट नै हुनुपर्छ । भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सक्नुपर्छ । विचौलिया र दलालीको सामूहिक रूपमा विरोध गर्न सक्नुपर्छ”, उनले भने । 

मन्त्री प्रा डा इङ्नामले हाल आमनागरिक कुशासनका कारण विभिन्न समस्यामा परिरहेको उल्लेख गर्दै कुशासनको मूल जड नै भ्रष्टाचार भएको धारणा राखे  । भ्रष्टाचार नियन्त्रण नगरेसम्म जनताले राज्यप्रति विश्वास गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि कडा कदम चाल्न आवश्यक रहेको उनको भनाइ थियो । 

“भूमि सुधार मन्त्रालयलाई घुस्याहाको मन्त्रालय भनेर आमनागरिकबीच भाष्य बनेको छ”, मन्त्री इङ्नामले भने, “यसरी मन्त्रालय र राज्य संयन्त्रलाई नै बदनाम गराउने व्यक्तिहरूलाई चिनेर सामूहिक रूपमा बहिष्कार गर्न जरुरी छ ।”  उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर भूमि प्रशासनलाई स्वच्छ, पारदर्शी र जनमैत्री बनाउने लक्ष्य लिइएको जानकारी दिए ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाबाट सुरु गरिएको जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा निकट भविष्यमै देशका अन्य दशवटा स्थानीय तह काठमाडौँ, झापा, पोखरा, मोरङ र पश्चिम क्षेत्रबाट पनि लागू गर्ने तयारी भइरहेको जानकारी दिइएको थियो । यसले सेवाग्राहीलाई सहजता हुनुका साथै समय र खर्चको बचत तथा विचौलियाको भूमिकामा कमी आउने मन्त्री इङ्नामको विश्वास छ ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्कीले लामो समयपछि आफ्नो नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा सुरु हुन लागेकामा खुसी व्यक्त गरे। उनले यस सेवाले अब स्थानीय नागरिकहरूलाई मालपोत कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने र सेवा सहज, छरितो तथा पारदर्शी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट शुक्रबार, माघ २, २०८२
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड शुक्रबार, माघ २, २०८२
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन शुक्रबार, माघ २, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल
भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP