Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • भेनेजुएलाको नयाँ दृष्टिकोण लगानी र कूटनीतिक संवादतर्फ
भेनेजुएलाको नयाँ दृष्टिकोण लगानी र कूटनीतिक संवादतर्फ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २, २०८२
Energy Drink Energy Drink

कराकास- भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो पहिलो ‘स्टेट अफ द युनियन’ सम्बोधनमार्फत देशको मुख्य राज्य–नियन्त्रित तेल उद्योगलाई विदेशी लगानीका लागि खुला गर्नुपर्ने आवश्यकता औँल्याउँदै संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुधार गर्न आह्वान गरेका छन्  ।

अमेरिकी प्रशासनले भेनेजुएलाको तेल निर्यातबाट प्राप्त आम्दानीमाथि नियन्त्रण गर्ने घोषणा गरेपछि राष्ट्रपति रोड्रिगेजले भेनेजुएलामा नयाँ नीतिगत दिशा निर्माण भइरहेको बताए । उनले अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूलाई देशमा आएको नीतिगत परिवर्तनबारे विदेशी लगानीकर्तालाई जानकारी गराउन आग्रह गर्दै संसदलाई तेल क्षेत्रमा सुधारसम्बन्धी विधेयक पारित गर्न आह्वान गरे  ।

“विश्वसँग स्वतन्त्र व्यापार सम्बन्ध कायम गर्दै भेनेजुएलाले आफ्नो ऊर्जा उद्योगका उत्पादनहरू बिक्री गर्न सक्छ,” उनले सम्बोधनका क्रममा उल्लेख गरे ।अमेरिकी दबाबपछि भेनेजुएलाको राजनीतिक अवस्था नयाँ मोडमा पुगेको बताउँदै रोड्रिगेजले स्वास्थ्य सेवा र सार्वजनिक पूर्वाधार सुधारका लागि तेल बिक्रीबाट प्राप्त आम्दानी दुईवटा सार्वभौम कोषमार्फत प्रयोग गरिने जानकारी दिए।

Ncell
Hardik health

हाल देशका धेरै अस्पतालहरूमा अत्यावश्यक उपकरण र सामग्रीको गम्भीर अभाव देखिएको छ । यद्यपि उनले पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी नियन्त्रणमा लिएको घटनालाई दुई देशबीचको सम्बन्धमा ‘दुर्भाग्यपूर्ण दाग’ को संज्ञा दिए, तर अमेरिकासँग कूटनीतिक संवाद पुनः सुरु गर्नुपर्नेमा जोड दिए । उनको छोटो र संयमित सम्बोधन शैली अघिल्ला नेताहरूको कडा अमेरिकी विरोधी भाषणभन्दा फरक देखिएको विश्लेषकहरूले बताएका छन् ।

“हामी कूटनीतिसँग डराउनु हुँदैन,” रोड्रिगेजले भने, “राजनीति घृणा र असहिष्णुताबाट सुरु हुनु हुँदैन ।” यसैबीच, उनले मादुरो शासनकालमा थुनामा परेका कैदीहरू क्रमशः रिहा गरिने प्रतिबद्धता जनाएका छन्  । तर मानवअधिकार संस्थाहरूले रिहाइको सङ्ख्या सरकारले दाबी गरेजति नभएको जनाएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार रोड्रिगेज प्रशासनले आर्थिक रूपमा अमेरिकासँग सहकार्य बढाउने तर राजनीतिक संरचना यथावत् राख्ने रणनीति अपनाएको देखिन्छ । देशभित्र भने राजनीतिक अनिश्चितता कायमै छ । कराकासका सडकमा सरकारी समर्थनमा प्रदर्शनहरू भइरहेका छन् भने सर्वसाधारण नागरिकहरू खुलेर आफ्नो धारणा व्यक्त गर्न डराइरहेका छन् ।

विश्लेषक डेभिड स्मिल्डेका अनुसार, “सरकारले अमेरिकी आलोचना जारी राखे पनि व्यवहारिक रूपमा आर्थिक सहकार्यतर्फ अघि बढेको देखिन्छ ।” भेनेजुएलाको वर्तमान राजनीतिक भविष्य अझै अस्पष्ट रहे पनि अन्तर्राष्ट्रिय समुदायको चासो तीव्र रूपमा बढिरहेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP