Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • लिबियामा २१ जना आप्रवासीको शव गाडिएको चिहान फेला
लिबियामा २१ जना आप्रवासीको शव गाडिएको चिहान फेला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २, २०८२

त्रिपोली- लिबियाली अधिकारीहरूले उप–सहारा अफ्रिकाबाट आएका २१ आप्रवासीहरूको शव राखिएको एउटा सामूहिक चिहान फेला पारेका छन् ।सरकारी स्रोतलाई उद्धृत गर्दै पत्रपत्रिकाहरूले उत्तरपूर्वी शहर अजदाबियामा आप्रवासीहरूको हत्या गरेको र अरूलाई बन्धक बनाएको आशङ्कामा एक लिबियाली नागरिकलाई पक्राउ गरिएको जनाएका छन्।

लिबिया प्रत्येक वर्ष युरोप पुग्न खोज्ने हजारौँ आप्रवासीहरूको लागि एक प्रमुख ट्रान्जिट देश हो, जहाँ आप्रवासीहरूको मृत्युका खबर बारम्बार रिपोर्ट गरिएको छ। टेलिभिजन च्यानल अल–मसारका अनुसार लिबियाको पूर्वी क्षेत्रमा रहेको आन्तरिक सुरक्षा निकायले एउटा सामूहिक चिहान फेला परेको जनाएको छ जसमा विभिन्न अफ्रिकी मुलुकका २१ नागरिकको शव रहेको छ ।

पूर्वी लिबियाका सेनाका शक्तिशाली नेता खलिफा हफ्तारसँग गठबन्धन गरेको च्यानलले फार्ममा छापा मार्ने क्रममा संदिग्धलाई पक्राउ गरिएको जनाएको छ। लिबिया पूर्वमा हफ्तारको समर्थन रहेको प्रशासन र संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त पश्चिममा रहेको सरकारबीच विभाजित छ।

Hardik health

अल वासत नाम गरेको स्वतन्त्र समाचार च्यानलले ती व्यक्तिले फार्ममा आप्रवासीहरूलाई बन्धक बनाएर राखेका थिए, जसमध्ये केहीलाई छापा मारी उद्धार गरिएको थियो र पछि अस्पताल भर्ना गरिएको थियो। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा शव एकैस्थानमा थुपारिएको र एक दर्जनभन्दा बढी शवको झोला भुइँमा थुपारिएकोे देखिएको छ ।

सन् २०११ मा नेटोको समर्थन प्राप्त विद्रोहले लामो समयदेखि तानाशाह रहेका मोहमर गद्दाफीलाई सत्ताच्युत गरेपछि उत्पन्न भएको अराजकताबाट बाहिर निस्कन लिबियाले सङ्घर्ष गरिरहेको छ ।आप्रवासी र अधिकारवादी समूहहरूको अवस्थालाई लिएर आलोचनाको सामना गरिरहेको लिवियामा लागु औषध तस्कर र मानव तस्करहरूले अस्थिरताको फाइदा उठाएका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ : फ्रान्स
ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ : फ्रान्स शुक्रबार, माघ २, २०८२
 गाजामा युद्धविराम दोस्रो चरणमा प्रवेश
 गाजामा युद्धविराम दोस्रो चरणमा प्रवेश शुक्रबार, माघ २, २०८२
जापानमा विपक्षी दलको संयुक्त मोर्चा
जापानमा विपक्षी दलको संयुक्त मोर्चा बिहीबार, माघ १, २०८२
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द बिहीबार, माघ १, २०८२
पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता
पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता बिहीबार, माघ १, २०८२
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP