Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
Search Here
समाचार
  • Home
  • समाचार
  • कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २, २०८२

कञ्चनपुर -  कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो ।

नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको पाइएको छ ।

“कञ्चनपुरमा गणना कार्य पूरा गरी अहिले सङ्ख्या अद्यावधिक गर्ने, प्रजाति छुट्याउनेलगायतका काम भइरहेको छ”, उनले भने, “कैलालीका केही क्षेत्रमा गणना बाँकी रहेकाले आगामी माघ ४ गतेभित्र सबै तथ्याङ्क सार्वजनिक गरिनेछ ।”

Hardik health

बिसिएनको अगुवाइ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा जलपन्छी गणना गरिएको छ । गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएसजस्ता उपकरणको प्रयोग गरिएको थियो भने हिँडेर पुग्न नसकिने सिमसार क्षेत्रमा हात्तीको पनि प्रयोग गरिएको चराविज्ञ डगौंराले जानकारी दिए ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एसोसिएसन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधिहरूको संलग्नता थियो ।

निकुञ्जभित्रका सिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना गरिएको छ । त्यसैगरी निकुञ्ज बाहिरका महाकाली नदी, पुरैनी ताल र बन्दा ताल क्षेत्रमा पनि जलपन्छीको अवस्थाबारे विवरण संकलन गरिएको छ ।

चराविज्ञहरूका अनुसार सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण जलपन्छीको बासस्थान संकटमा पर्दै गएको छ । गणनाका क्रममा पन्छीको सङ्ख्याका साथै बासस्थानमा देखिएका चुनौतीबारे पनि अध्ययन गरिएको बताइएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा बृहत् कन्दमूल प्रदर्शनी
पोखरामा बृहत् कन्दमूल प्रदर्शनी शुक्रबार, माघ २, २०८२
‘रासस सामाजिक सुरक्षा कोषमा आबद्ध’
‘रासस सामाजिक सुरक्षा कोषमा आबद्ध’ शुक्रबार, माघ २, २०८२
बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता
बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता शुक्रबार, माघ २, २०८२
सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि शुक्रबार, माघ २, २०८२
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै शुक्रबार, माघ २, २०८२
 गाजामा युद्धविराम दोस्रो चरणमा प्रवेश
 गाजामा युद्धविराम दोस्रो चरणमा प्रवेश शुक्रबार, माघ २, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP