Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानमा विपक्षी दलको संयुक्त मोर्चा
जापानमा विपक्षी दलको संयुक्त मोर्चा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२
Energy Drink Energy Drink

एएफपी- जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ गठबन्धनलाई चुनौती दिन संयुक्त चुनावी मोर्चा गठन गर्ने सहमति जनाएका छन् । सम्भावित आकस्मिक चुनावलाई लक्षित गर्दै उनीहरूले स्विङ मतदाताहरू आकर्षित गर्ने उद्देश्यका साथ नयाँ गठबन्धन बनाउने निर्णय गरेका हुन् ।

सबैभन्दा ठूलो विपक्षी दल जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) का नेता योशिहिको नोडाले बिहीबार पत्रकारहरूसँग भने, “हामी संयुक्त रूपमा चुनाव लड्न नयाँ पार्टी गठन गर्न सहमत भएका छौँ ।” उनका अनुसार विपक्षी शक्तिहरू एकीकृत भएर सत्तारूढ पक्षको सामना गर्ने तयारीमा छन् ।

मिडिया रिपोर्टहरूका अनुसार आगामी महिना हुनसक्ने आम चुनावमा सिडिपीले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को पूर्व गठबन्धन साझेदार कोमेइटोसँग सहकार्य गर्दै चुनाव लड्ने तयारी गरेको छ । यस गठबन्धनलाई प्रधानमन्त्री ताकाइची नेतृत्वको दक्षिणपन्थी सत्तारूढ गठबन्धनको ‘मध्यमार्गी’ विकल्पका रूपमा प्रस्तुत गरिने बताइएको छ ।

Ncell
Hardik health

प्रधानमन्त्री ताकाइचीको पार्टी तथा यसको वर्तमान कनिष्ठ साझेदार जापान इनोभेसन पार्टीका अधिकारीहरूले बुधबार पत्रकारहरूलाई जानकारी दिँदै अर्को हप्ता संसदीय सत्र सुरु भएलगत्तै शक्तिशाली तल्लो सदन विघटन गरी आकस्मिक चुनावको घोषणा गर्ने प्रधानमन्त्रीको योजनाबारे आफूहरूलाई सूचित गरिएको बताएका थिए ।

टोकियोस्थित नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिजका डिन मिकिताका मासुयामाले भने, “यदि स्विङ मतदाताहरू कोमेइटो-सिडिपी ब्लकलाई विश्वासयोग्य विकल्पका रूपमा हेर्न थाल्छन् र उनीहरूलाई मत दिन सकिन्छ भन्नेमा विश्वस्त भए भने यो आम चुनाव निकै प्रतिस्पर्धात्मक हुन सक्छ, तर यो सम्भावना भने तुलनात्मक रूपमा कम देखिन्छ ।”

त्यसैगरी टोकियो विश्वविद्यालयका प्राध्यापक एमेरिटस सदाफुमी कावाटोले विश्लेषण गर्दै भने, “सबैभन्दा अनुकूल अवस्थामा कोमेइटोले आफ्ना सिटहरू जोगाउन सक्छ र सिडिपीले केही सिट थप्न सक्छ, तर त्यसले सत्तारूढ गुटलाई पराजित गर्न भने पर्याप्त नहुन सक्छ ।”


 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP