Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२
Energy Drink Energy Drink

एपी- राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ ।
प्रमुख पूर्व-पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो । यस अवधिमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले इरानको आकाश मार्ग प्रयोग नगरी उत्तर र दक्षिणतर्फ उडान डाइभर्ट गरे । पछि बन्द अवधि समाप्त भएको सङ्केत देखिएको छ र बिहान ७ बजेपछि धेरैजसो आन्तरिक उडानहरू पुनः सञ्चालनमा आएका थिए ।

यसअघि पनि इरानले जुन महिनामा इजरायलसँग भएको १२ दिने युद्ध तथा इजरायल-हमास युद्धका क्रममा इजरायलसँगको गोलीबारीपछि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । तर यसपटक कुनै प्रत्यक्ष सैन्य भिडन्तको स्पष्ट सङ्केत नदेखिए पनि इरान विश्वव्यापी उड्डयनका लागि अत्यन्तै महत्त्वपूर्ण मार्गमा पर्ने भएकाले बन्दको असर तुरुन्तै अन्तर्राष्ट्रिय स्तरमा देखिएको हो ।

“धेरै एयरलाइन्सहरूले पहिले नै आफ्ना सेवाहरू घटाइसकेका वा निलम्बन गरेका छन् र अधिकांश क्यारियरहरूले इरानी हवाई क्षेत्रबाट जोगिन थालेका छन्”, द्वन्द्व क्षेत्र र हवाई यात्रासम्बन्धी जानकारी प्रदान गर्ने वेबसाइट सेफएयरस्पेसले भनेको छ, “यस अवस्थाले थप सुरक्षा वा सैन्य गतिविधिको सङ्केत गर्न सक्छ, जसमा मिसाइल प्रक्षेपण वा हवाई प्रतिरक्षा प्रणालीको गतिविधि बढ्ने जोखिम रहन्छ । यस्तो परिस्थितिले नागरिक विमानलाई गलत रूपमा लक्ष्य ठानिने खतरा पनि बढाउँछ ।”

विगतमा इरानले व्यावसायिक विमानलाई शत्रुतापूर्ण लक्ष्यका रूपमा गलत पहिचान गरेको उदाहरण पनि छ । सन् २०२० मा इरानी हवाई प्रतिरक्षाले युक्रेन इन्टरनेसनल एयरलाइन्सको फ्लाइट पिएस७५२ लाई दुई सतह-देखि-हावा मिसाइल प्रहार गर्दा विमानमा सवार सबै १७६ यात्रु र चालक दलका सदस्यहरूको ज्यान गएको थियो । त्यसबेला इरानले केही दिनसम्म उक्त आरोप अस्वीकार गर्दै पश्चिमी प्रचारको संज्ञा दिएको थियो, तर पछि विमान आफ्नै प्रतिरक्षाले खसालेको स्वीकार गर्न बाध्य भएको थियो ।

Ncell
Hardik health

यस पटकको हवाई क्षेत्र बन्द कतारमा रहेको एक प्रमुख अमेरिकी सैन्य आधारका केही कर्मचारीहरूलाई खाली गर्न सल्लाह दिइएपछि गरिएको हो । कुवेतस्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारीहरूलाई खाडी क्षेत्रका केही सैन्य आधारहरूमा जान ‘अस्थायी रूपमा रोक्न’ निर्देशन दिएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बिहीबार दिउँसो इरानको अवस्थाबारे आपतकालीन बैठक बोलाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिएका अस्पष्ट अभिव्यक्तिहरूले इरानविरुद्ध सम्भावित अमेरिकी कदमबारे अनिश्चितता बढाएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले धेरै विवरण नदिई इरानमा मृत्युदण्डसम्बन्धी योजना रोकिएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो । एक दिनअघि उहाँले इरानका प्रदर्शनकारीहरूलाई ‘मद्दत आउँदैछ’ भन्दै इस्लामिक गणतन्त्रको घातक दमनको जवाफमा आफ्नो प्रशासनले ‘उचित कदम चाल्ने’ चेतावनी दिनुभएको थियो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने तनाव घटाउने प्रयास गर्दै संयुक्त राज्य अमेरिकालाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो, “मेरो सन्देश स्पष्ट छ- युद्ध र कूटनीतिबीच कूटनीति नै राम्रो बाटो हो । यद्यपि संयुक्त राज्य अमेरिकासँग हाम्रो अनुभव सकारात्मक छैन, तर युद्धभन्दा कूटनीति सधैँ उत्तम हुन्छ ।”

अमेरिका र इरानको स्वरमा आएको यो परिवर्तन इरानी न्यायपालिकाका प्रमुखले हिरासतमा रहेका हजारौँ व्यक्तिहरूलाई छिट्टै सजाय दिन सरकार अघि बढ्नुपर्ने बताएको केही घण्टापछि भएको हो । मानव अधिकारकर्मीहरूले कैदीहरूको फाँसी चाँडै हुनसक्ने गम्भीर चेतावनी दिएका छन् ।

अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीका अनुसार प्रदर्शनका क्रममा सुरक्षाबलको दमनबाट हालसम्म कम्तीमा दुई हजार ६१५ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या दशकौँयताकै सबैभन्दा ठूलो मानवीय क्षति मानिएको छ, जसले सन् १९७९ को इस्लामिक क्रान्तिका बेला देखिएको अराजकतालाई स्मरण गराउँछ ।
 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP