Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #फोनिज संवाद
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #गगनकुमार थापा
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’:आयुक्त भण्डारी
‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’:आयुक्त भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

काठमाडौं-  कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधिमार्फत गत भदौ २३ र २४ गते भएको विद्रोहपछि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति संवेनशील रहेको बताए।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्ने कार्य बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरिएपछि आयोगले यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली संकलन गर्ने प्रणाली एकीकृत गरी सहज ढंगबाट मतदाता नामावली संकलन गर्न सफल भएको उनले बताए ।  

सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

Hardik health

निर्वाचन आचारसंहिता पूर्ण पालना, प्रचारप्रसार एवं मतदाता शिक्षा जनस्तरसम्म पुर्‍याउन सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आयोगमा कार्यरत दक्ष जनशक्तिले यसको सकारात्मक प्रयोगलाई प्रवद्र्धन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । 

आयोगले सूचनाप्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्रयाकिङ सिस्टम, उम्मेदवारको खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयपत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणासम्म कार्य गर्दै आइरहेको छ । यसैगरी बाह्य जिल्ला मतदाता नामावली दर्ता, प्रि इनरोलमेन्ट एवं राष्ट्रिय परिचयपत्र प्रणालीसँग आवद्धता गरेर आयोगले मतदाता नामावली संकलन गर्ने कार्यलाई सहज र पहुँचयोग्य बनाएको छ ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएर विगतदेखि नै कार्य हुँदै आएको उल्लेख गर्दै प्रविधिको तीव्र विकास र गतिसँगै यसलाई अवलम्बन गर्ने कार्यमा आयोग प्रयत्नशील रहेको बताए ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना प्रविधिको सकारात्मक प्रयोग बढाउँदै यसबाट हुने नकारात्मक असर घटाउनुपर्ने उल्लेख गर्दै सचिव राउतले ‘साइबर हाइजिन’का लागि यस प्रकारका तालिम फलदायी हुने बताए ।

तालिममा सात प्रदेश निर्वाचन कार्यालय र ७७ जिल्ला निर्वाचन कार्यालयका  कम्प्युटर अपरेटरको सहभागिता छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’: काम प्रमुख
'भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’: काम प्रमुख बिहीबार, माघ १, २०८२
पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु
पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु बिहीबार, माघ १, २०८२
हिउँमुनिको राजनीति : ग्रिनल्यान्ड र विश्व शक्तिको आँखा
हिउँमुनिको राजनीति : ग्रिनल्यान्ड र विश्व शक्तिको आँखा बिहीबार, माघ १, २०८२
सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण
सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण बिहीबार, माघ १, २०८२
‘शान्तिसुरक्षाको प्रत्याभूति गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो’:मुख्यमन्त्री
‘शान्तिसुरक्षाको प्रत्याभूति गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो’:मुख्यमन्त्री बिहीबार, माघ १, २०८२
चैत मसान्तसम्म कर छुटको सुविधा
चैत मसान्तसम्म कर छुटको सुविधा बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP