Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
  • #फोनिज संवाद
  • #जिता_मर्ना
  • #एकता दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकाले आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा
अमेरिकाले आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

वासिङ्टन - नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको विदेश मन्त्रालयले घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै यस्तो कदम चालेको समाचार एजेन्सी एपीले उल्लेख गरेको हाे । 

विदेश विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी जनवरी २१ देखि लागू हुने गरी कन्सुलर अधिकारीहरूलाई यी देशका आवेदकको भिसा प्रक्रिया रोक्न निर्देशन दिएको छ। यो निर्णय नोभेम्बरमा जारी गरिएको 'पब्लिक चार्ज' सम्बन्धी कडा नियमको एक हिस्सा भएको मन्त्रालयले जनाएको छ।

विदेश विभागका अनुसार अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न र सरकारी कोषमाथिको भार कम गर्न यो नीति ल्याइएको हो। 'अमेरिकी जनताको सम्पत्तिबाट लाभ उठाउने खालका आप्रवासीहरूको प्रवेशमा कडाइ गर्न ट्रम्प प्रशासन प्रतिबद्ध छ,' विभागको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले प्रक्रियाहरूको पुनरावलोकन गरेपछि मात्र भिसा प्रक्रिया पुनः सुचारु गर्ने वा नगर्नेबारे थप निर्णय लिने बताएको छ।

Hardik health

पर्यटक र विद्यार्थी भिसामा के हुन्छ?
यो स्थगन केवल आप्रवासी (ग्रिनकार्ड पाउने) भिसाका लागि मात्र हो। अस्थायी रूपमा अमेरिका भ्रमण गर्ने पर्यटक, व्यवसायी वा विद्यार्थी भिसाका आवेदकहरूलाई भने यो नियमले प्रत्यक्ष रूपमा रोक्ने छैन। तर, यस्ता भिसा आवेदकहरूको हकमा पनि छानबिन प्रक्रिया अत्यन्त कडा पारिएको छ।

दूतावासहरूलाई पठाइएको गोप्य निर्देशन अनुसार, गैर-आप्रवासी भिसामा जानेहरूले पनि अमेरिकामा सरकारी सुविधा नलिने कुराको बलियो प्रमाण पेश गर्नुपर्नेछ। कन्सुलर अधिकारीहरूले अब आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, शिक्षा, दक्षता र अंग्रेजी भाषाको ज्ञानलाई सूक्ष्म रूपमा मूल्यांकन गर्नेछन्। अधिकारीहरूले आवश्यक ठानेमा अंग्रेजी भाषामै अन्तर्वार्ता लिएर दक्षता परीक्षण समेत गर्न सक्नेछन्।

प्रभावित देशहरू
भिसा स्थगित गरिएका ७५ देशको सूचीमा नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तान जस्ता दक्षिण एसियाली मुलुकहरू रहेका छन्। यस्तै रुस, इरान, इराक, सोमालिया, नाइजेरिया, ब्राजिल र क्युबा लगायतका देशहरू पनि यो सूचीमा परेका छन्।यो नयाँ व्यवस्थाका कारण अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलन गर्न पर्खिरहेका र रोजगारीका आधारमा अमेरिका जान चाहने हजारौँ नेपालीहरू प्रत्यक्ष प्रभावित हुने देखिएको छ।


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता
पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता बिहीबार, माघ १, २०८२
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक बिहीबार, माघ १, २०८२
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन बिहीबार, माघ १, २०८२
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै बिहीबार, माघ १, २०८२
गाजामा स्वास्थ्य सेवा जबरजस्ती बन्द गर्न इजरायलली सेनाको आदेश
गाजामा स्वास्थ्य सेवा जबरजस्ती बन्द गर्न इजरायलली सेनाको आदेश बिहीबार, माघ १, २०८२
ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा
ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP