Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
  • #फोनिज संवाद
  • #जिता_मर्ना
  • #एकता दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

एपी- चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।

अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा सुरक्षित स्प्ल्यासडाउन गर्ने लक्ष्यमा छन् । यस निर्णयका कारण उनीहरूको मिसन एक महिनाभन्दा बढी छोटिएको नासाले जनाएको छ ।

नासाकी अन्तरिक्ष यात्री जेना कार्डम्यानले फिर्ती यात्राअघि भने, “हाम्रो प्रस्थान समय अप्रत्याशित भए पनि यो चालक दल परिवारझैँ ए-अर्काको हेरचाह गर्दै एकताबद्ध भएको देख्नु प्रेरणादायी रह्यो ।” अधिकारीहरूले चिकित्सकीय गोपनीयताको कारण बिरामी अन्तरिक्ष यात्रीको पहिचान र स्वास्थ्य अवस्थाबारे विवरण सार्वजनिक नगरेको बताए । यद्यपि निवर्तमान स्टेशन कमान्डर माइक फिन्केले सामाजिक सञ्जालमार्फत उक्त अन्तरिक्ष यात्री ‘स्थिर, सुरक्षित र राम्रोसँग हेरचाहमा’ रहेको जानकारी दिएका थिए । उनका अनुसार, विस्तृत चिकित्सकीय मूल्याङ्कन पृथ्वीमै गर्न उपयुक्त हुने भएकाले यो निर्णय लिइएको हो ।

Hardik health

गत अगस्टमा प्रक्षेपण गरिएका कार्डम्यान, फिन्के, जापानका किमिया युई र रुसका ओलेग प्लाटोनोभ फेब्रुअरीको अन्त्यसम्म स्टेशनमा बस्ने योजना थियो । तर जनवरी ७ मा नासाले आकस्मिक रूपमा स्पेसवाक रद्द गर्दै चालक दल चाँडै फर्कने घोषणा गरेको थियो । स्वास्थ्य समस्या कुनै आपतकालीन नभएको र स्टेशन सञ्चालनसँग सम्बन्धित पनि नरहेको नासाले स्पष्ट पारेको छ । नासाले स्पेसएक्सको नियमित प्रवेश र स्प्ल्यासडाउन प्रक्रिया नै अपनाइने र प्रशान्त महासागरमा रहेको रिकभरी जहाजमा चिकित्सकहरूको टोली तयारी अवस्थामा रहने जनाएको छ । अवतरणपछि चारै जना अन्तरिक्ष यात्रीलाई क्यालिफोर्नियाबाट ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर लैजाने समयतालिका भने अझै तय भइसकेको छैन ।

हाल आइएसएसमा एक जना अमेरिकी र दुई जना रूसी अन्तरिक्ष यात्री रहिरहनेछन् । नासा र स्पेसएक्सले फेब्रुअरीको मध्यतिर फ्लोरिडाबाट नयाँ चार सदस्यीय टोली प्रक्षेपण गर्ने तयारी गरिरहेका छन् । कम्प्युटर मोडलिङले प्रत्येक तीन वर्षमा मेडिकल निकासी आवश्यक पर्न सक्ने देखाए पनि नासाले ६५ वर्षको मानव अन्तरिक्ष उडान इतिहासमा यस्तो कदम चाल्नु पहिलोपटक हो । विगतमा सन् १९८५ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर भास्युटिन स्वास्थ्य समस्याका कारण साल्युट-७ स्टेशनबाट चाँडै फर्किएका थिए ।

नासाका नयाँ प्रशासक जारेड आइज्याकम्यानको कार्यकालको पहिलो प्रमुख निर्णय यही मेडिकल निकासी बनेको छ । निर्णय सार्वजनिक गर्दै उनेले भने, “हाम्रा अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य र कल्याण सधैँ हाम्रो सर्वोच्च प्राथमिकता रहनेछ ।”


 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन बिहीबार, माघ १, २०८२
अमेरिकाले आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा
अमेरिकाले आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा बिहीबार, माघ १, २०८२
गाजामा स्वास्थ्य सेवा जबरजस्ती बन्द गर्न इजरायलली सेनाको आदेश
गाजामा स्वास्थ्य सेवा जबरजस्ती बन्द गर्न इजरायलली सेनाको आदेश बिहीबार, माघ १, २०८२
ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा
ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा बिहीबार, माघ १, २०८२
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता बुधबार, पुस ३०, २०८२
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP