Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #मकर
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #एकता दिवस
  • #पृथ्वी जयन्ती
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

मुलुकमा रोजगारीको अभावमा हजारौं नेपाली छिमेकी मुलुक भारतमा पुग्ने गरेका छन् । भारतमा मजदुरीका लागि जानु उनीहरुको बाध्यता हो । सरकारले भारतको रोजगारीलाई अन्य मुलुकसरह वैदेशिक रोजगारीको मान्यता दिएको छैन । कारण खुला सीमा र विना राहदानी भारतमा आउजाउ गर्न सकिने । अनि भारतमा काम गर्न जाँदा श्रम स्वीकृतिको जरुरी पनि रहँदैन । सोही कारण भारतमा कति नेपाली रोजगारी गरिरहेका छन् भन्ने आधिकारिक तथ्यांक सरकारसँग छैन । वैदेशिक रोजगारीमा अन्य मुलुक जाने नेपालीहरुले पाउने सुविधासमेत भारतमा जानेहरुले पाउँदैनन् । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सको हिसाबमासमेत भारतमा कमाएर नेपाल भित्र्याइने रकम समेटिँदैन । 

भारतमा रोजगारीका लागि जानु जति सजिलो छ, त्यसरी जानेहरुको जीवन उत्तिकै जोखिममा छ । विभिन्न दुर्घटना र समस्यामा परेका समाचार बेलाबेलामा आइरहन्छ । तर, सरकारले यस्तो जोखिम न्यूनीकरणमा खासै ध्यान दिएको छैन । भारतमा काम गर्न जानेहरुलाई अन्य देशमा जानेहरुलाई सरह मान्यता नदिनु उनीहरुमाथि सरासर अन्याय हो । आखिर उनीहरुले पनि कमाएर नेपालमा रहेका आफनो घरपरिवारको खर्च जोहो गरिरहेका हुन् । भारतबाट भए पनि रकम भित्र्याइरहेकै हुन् । यसमा राज्यको विभेद किन ? यो प्रश्न जटिल बनेको छ । 

हालै भारतमा रोजगारीमा गएका एकै परिवारका नौ जना नेपालीको मृत्यु भएको खबर आएको छ । हिमाचल प्रदेशको सोलन जिल्लाको अर्कीबजारमा मंगलबार बिहान करिब २ः०० बजेतिर आगलागी भयो । ग्यास सिलिण्डर विष्फोट भएपछि माथिल्लो तलामा बसिरहेका नेपाली श्रमिक र तिनका परिवार आगोमा परे । सल्यानको सिद्धकुमाख गाउँपालिका-२, टाकुरागाउँका नौ जनाको जलेर मृत्यु भएको दुःखद खबरले सारा नेपालीलाई पोलेको छ यतिबेला । तर, राज्यलाई यसले कति पोल्यो ? थाहा छैन ।

Hardik health

मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन आए पनि जनताको अवस्थामा परिवर्तन आएको छैन । जनताको अवस्थामा परिवर्तन आउन उनीहरुलाई आफ्नो क्षमताअनुसारको रोजगारी स्वदेशमै पाउने अवसर सिर्जना गर्नुपर्छ । त्यसो हुन नसक्दा सयौंको संख्यामा नेपालीहरुले विदेशमा ज्यान गुमाइरहेका छन् । राजनीतिक अस्थिरताको सिकारमा परेका छन् विकटका जनता । संघीयतासहितको गणतन्त्रबाट जनताले परिवर्तनको अनुभूति गर्न पाउने आशा आशामै सीमित भएको छ । यो अवस्था तोड्न राज्यको नेतृत्वकर्ताहरुको ध्यान जाओस् ।
 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP