Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #मकर
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #एकता दिवस
  • #पृथ्वी जयन्ती
Search Here
समाचार
  • Home
  • समाचार
  • थारु बस्तीमा माघीको उमंग
थारु बस्तीमा माघीको उमंग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

सिरहा- माघको कठ्यांगिँदो जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ ।

माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन् । गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने तयारी भइरहेको छ ।

सिरहाको लहान र धनगढीमाई नगर क्षेत्र, जहाँ थारु समुदायको बाक्लो उपस्थिति छ, त्यहाँ एक हप्ताअघिदेखि नै तयारी सुरु भइसकेको थियो । लहानका वानोगाउँ, गोठटोल, पडरिया र बर्छवालगायतका स्थानमा माघी मेलाको रौनक सुरु भइसकेको छ । थारु कल्याणकारिणी सभाका जिल्ला सभापति सत्यनारायण चौधरीका अनुसार माघी केवल खानपिनमा मात्र सीमित छैन । उनले भने, “थारु जातिका थरीथरीका परिकारको स्वाद लिनु, आफ्नै मौलिक भेषभूषामा सजिनु र थारु भाषाका गीतमा झुम्नु नै माघीको वास्तविक सुन्दरता हो । यसले हाम्रो भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्न मद्दत पुर्‍याउँछ ।”

Hardik health

त्यस्तै, धनगढीमाईमा ‘तेस्रो जिल्लास्तरीय तिला सङ्क्राइत उत्सव-२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । नगर संयोजक शम्भू चौधरीले उत्सवमार्फत समुदायको कला र संस्कृति प्रदर्शन गरिने जानकारी दिए ।  माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने र भोलिपल्ट बिहानै (भाले बासेसँगै) पवित्र नदी वा खोलामा गएर स्नान गर्ने परम्परा छ । नुहाएर फर्किएपछि घरका मान्यजनलाई ढोग गर्ने र ‘खिचडी’ दान गर्ने विशेष चलन छ ।

स्थानीय जानकार अनिल चौधरीका अनुसार यो पर्वले सामाजिक एकता र भ्रातृत्वलाई बलियो बनाउँछ । उनले भने, “हामी माघीमा नुहाएर आएपछि आफूभन्दा ठूलाको आशीर्वाद लिन्छौँ र तिल, चामललगायतका सामग्री दान गर्छौं । यो हाम्रो पुर्खादेखि चल्दै आएको पवित्र संस्कार हो ।” वेशभूषा, नाचगान र खानपिनको संगम मानिने माघीले सिरहाका थारु बस्तीलाई अहिले उत्सवमय बनाएको छ । 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड
राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड बिहीबार, माघ १, २०८२
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना बिहीबार, माघ १, २०८२
सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते
सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते बिहीबार, माघ १, २०८२
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते बिहीबार, माघ १, २०८२
आज राष्ट्रिय योग दिवस मनाइँदै
आज राष्ट्रिय योग दिवस मनाइँदै बिहीबार, माघ १, २०८२
मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति रौनक
मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति रौनक बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP