किन्शासा- पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा भारी वर्षा पछि आएको बाढी पहिरोका कारण १८ जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी बेपत्ता भएको जनाइएको छ ।
पूर्वी कङ्गोको उत्तर किवु प्रान्तको बुरुत्सी गाउँमा भारी वर्षा पछि बाढी र पहिरो आएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मुख्य सहर गोमा र प्रान्तीय राजधानी वालिकाले बिचको मुख्य सडक सञ्जाल वर्षाका कारण क्षेतिग्रस्त भएको जनाइएको छ ।
स्थानीय अधिकारीहरूले सरकारबाट सहयोगको अनुरोध गरेको तर गोमाको सडक बन्द हुँदा सरकारको सेवा प्रवाह प्रतिक्रियामा बाधा पुगेकाले प्रभावितहरुको खोजीमा बाधा पगेको जनाएका छन् ।