Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२
Energy Drink Energy Drink

टोकियो- जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूले दुई देशबीचको सहकार्य थप गहिरो बनाउने सहमतिसँगै के–पप हिट गीतहरूमा ड्रम बजाउँदै अनौठो तर मैत्रीपूर्ण सांस्कृतिक आदानप्रदान प्रस्तुत गरेका छन्  । कूटनीतिक छलफलअघि भएको यो जाम सत्रले शिखर सम्मेलनलाई अनपेक्षित तर स्मरणीय सुरुआत दिएको बताइएको छ ।

मंगलबार जापानको नारा सहरमा सम्पन्न शिखर सम्मेलनपछि जापानी प्रधानमन्त्री साने ताकाइची र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले सँगै सांगीतिक प्रस्तुति दिएका हुन्  । दुवै नेता व्यक्तिगत एथलेटिक ज्याकेटमा छेउ–छेउ बसेर ड्रम बजाउँदै देखिनुभएको भिडियो ताकाइचीको कार्यालयले बुधबार सार्वजनिक गरेको छ ।

उक्त छोटो भिडियोमा दुवै नेताहरू विश्वप्रसिद्ध के–पप समूह बिटिएसको ‘डायनामाइट’ र ‘के–पप डेमन हन्टर्स’ को ‘गोल्डेन’ जस्ता लोकप्रिय गीतहरूको तालमा रमाउँदै ड्रम बजाइरहेको देखिन्छ । शिखर सम्मेलनको गम्भीर राजनीतिक वातावरणबीच यो दृश्यले दुवै देशका जनतामा सकारात्मक सन्देश दिएको विश्लेषकहरूको टिप्पणी छ ।

Ncell
Hardik health

यो जाम सत्र प्रधानमन्त्री ताकाइचीको पहलमा भएको बताइएको छ । उनले हेभी मेटल संगीतका प्रशंसक हुनुका साथै कलेज जीवनमा उत्साही ड्रमरसमेत रहेका थिए । उनका लागि यो सांगीतिक प्रस्तुति व्यक्तिगत रुचि र कूटनीतिक सन्देश दुवैको संयोजन भएको जनाइएको छ ।

राष्ट्रपति ली जे म्युङले सामाजिक सञ्जाल एक्समार्फत ड्रम बजाउनु आफ्नो लामो समयदेखिको सपना रहेको उल्लेख गर्दै यस्तो अवसर मिलाइदिएकोमा प्रधानमन्त्री ताकाइचीको आतिथ्यप्रति धन्यवाद व्यक्त गरेकी छन्  । उनले दुवै नेताले एकअर्काको भिन्नतालाई सम्मान गर्दै ताल मिलाएको अनुभवलाई दुई देशबीचको सम्बन्धसँग तुलना गरेकी छन्  ।

राष्ट्रपति लीले जापान र दक्षिण कोरिया आपसी सहकार्यलाई अझ गहिरो बनाउँदै क्रमशः नजिक हुँदै जाने अपेक्षा व्यक्त गर्नुभएको छ । उनका अनुसार सांस्कृतिक आदानप्रदानले राजनीतिक समझदारीलाई पनि मजबुत बनाउनेछ ।  प्रधानमन्त्री ताकाइचीले भिडियो सन्देशमा राष्ट्रपति लीलाई छिटो सिक्ने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो । उहाँले केही मिनेटमै ड्रम बजाउन सिक्नु राष्ट्रपति लीको उत्साह र क्षमताको उदाहरण भएको बताए ।

“जापान–दक्षिण कोरिया सम्बन्धलाई अग्रगामी र स्थिर रूपमा विकास गर्न हामी दुवै सरकारबीचको घनिष्ठ संवादलाई निरन्तरता दिनेछौँ”, प्रधानमन्त्री ताकाइचीले भने, “यसका लागि हाम्रो ‘शटल कूटनीति’ लाई सक्रिय रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता हामीले लिएका छौँ ।” के–पपको तालमा सुरु भएको यो शिखर सम्मेलनले राजनीतिक सहकार्यसँगै सांस्कृतिक समझदारीलाई पनि अगाडि बढाउने सङ्केत दिएको टिप्पणी गरिएको छ ।


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP