Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२

टोकियो- जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूले दुई देशबीचको सहकार्य थप गहिरो बनाउने सहमतिसँगै के–पप हिट गीतहरूमा ड्रम बजाउँदै अनौठो तर मैत्रीपूर्ण सांस्कृतिक आदानप्रदान प्रस्तुत गरेका छन्  । कूटनीतिक छलफलअघि भएको यो जाम सत्रले शिखर सम्मेलनलाई अनपेक्षित तर स्मरणीय सुरुआत दिएको बताइएको छ ।

मंगलबार जापानको नारा सहरमा सम्पन्न शिखर सम्मेलनपछि जापानी प्रधानमन्त्री साने ताकाइची र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले सँगै सांगीतिक प्रस्तुति दिएका हुन्  । दुवै नेता व्यक्तिगत एथलेटिक ज्याकेटमा छेउ–छेउ बसेर ड्रम बजाउँदै देखिनुभएको भिडियो ताकाइचीको कार्यालयले बुधबार सार्वजनिक गरेको छ ।

उक्त छोटो भिडियोमा दुवै नेताहरू विश्वप्रसिद्ध के–पप समूह बिटिएसको ‘डायनामाइट’ र ‘के–पप डेमन हन्टर्स’ को ‘गोल्डेन’ जस्ता लोकप्रिय गीतहरूको तालमा रमाउँदै ड्रम बजाइरहेको देखिन्छ । शिखर सम्मेलनको गम्भीर राजनीतिक वातावरणबीच यो दृश्यले दुवै देशका जनतामा सकारात्मक सन्देश दिएको विश्लेषकहरूको टिप्पणी छ ।

Hardik health

यो जाम सत्र प्रधानमन्त्री ताकाइचीको पहलमा भएको बताइएको छ । उनले हेभी मेटल संगीतका प्रशंसक हुनुका साथै कलेज जीवनमा उत्साही ड्रमरसमेत रहेका थिए । उनका लागि यो सांगीतिक प्रस्तुति व्यक्तिगत रुचि र कूटनीतिक सन्देश दुवैको संयोजन भएको जनाइएको छ ।

राष्ट्रपति ली जे म्युङले सामाजिक सञ्जाल एक्समार्फत ड्रम बजाउनु आफ्नो लामो समयदेखिको सपना रहेको उल्लेख गर्दै यस्तो अवसर मिलाइदिएकोमा प्रधानमन्त्री ताकाइचीको आतिथ्यप्रति धन्यवाद व्यक्त गरेकी छन्  । उनले दुवै नेताले एकअर्काको भिन्नतालाई सम्मान गर्दै ताल मिलाएको अनुभवलाई दुई देशबीचको सम्बन्धसँग तुलना गरेकी छन्  ।

राष्ट्रपति लीले जापान र दक्षिण कोरिया आपसी सहकार्यलाई अझ गहिरो बनाउँदै क्रमशः नजिक हुँदै जाने अपेक्षा व्यक्त गर्नुभएको छ । उनका अनुसार सांस्कृतिक आदानप्रदानले राजनीतिक समझदारीलाई पनि मजबुत बनाउनेछ ।  प्रधानमन्त्री ताकाइचीले भिडियो सन्देशमा राष्ट्रपति लीलाई छिटो सिक्ने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो । उहाँले केही मिनेटमै ड्रम बजाउन सिक्नु राष्ट्रपति लीको उत्साह र क्षमताको उदाहरण भएको बताए ।

“जापान–दक्षिण कोरिया सम्बन्धलाई अग्रगामी र स्थिर रूपमा विकास गर्न हामी दुवै सरकारबीचको घनिष्ठ संवादलाई निरन्तरता दिनेछौँ”, प्रधानमन्त्री ताकाइचीले भने, “यसका लागि हाम्रो ‘शटल कूटनीति’ लाई सक्रिय रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता हामीले लिएका छौँ ।” के–पपको तालमा सुरु भएको यो शिखर सम्मेलनले राजनीतिक सहकार्यसँगै सांस्कृतिक समझदारीलाई पनि अगाडि बढाउने सङ्केत दिएको टिप्पणी गरिएको छ ।


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना बुधबार, पुस ३०, २०८२
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन बुधबार, पुस ३०, २०८२
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP