Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२

महेन्द्रनगर - मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरण सम्पन्न गर्न÷गराउन सङ्घीय सरकारलाई आग्रह गरेका  छन्  ।

सङ्घीय गृह मन्त्रालय र मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आज जनकपुरधाममा आयोजित एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी बैठकमा उनले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरकारका साथै सरोकार भएका निकायबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए । 

मुख्यमन्त्री यादवले कतिपय फरार कैन्दीबन्दी अझै बाहिर रहेकाले समाजमा त्रासको वातावरण कायम नै रहेकाले सुरक्षा पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । “अहिले कतिपय राजनीति दलको प्रदर्शन भइरहेको छ, सुरक्षा निकायका भौतिक संरचना क्षतिग्रस्त भएका छन्, लुटिएका हतियार फिर्ता आउन नसकेको वर्तमान अवस्थामा निर्वाचन गराउनु चुनौतीपूर्ण भएकाले यसतर्फ वर्तमान सङ्घीय सरकार र गृह प्रसाशनले छुट्टै संयन्त्र बनाएर शान्तिपूर्ण वातावरण बनाउनुपर्ने आवश्यकता छ”, उनले भने ।

Hardik health

मुख्यमन्त्री यादवले २०७५ सालमा मधेस प्रदेश सरकारले प्रहरी ऐन बनाएको बताउँदै उक्त ऐनअनुसार प्रहरी समायोजन नहुँदा प्रभावकारी रूपमा शान्तिसुरक्षा प्रत्याभूति गराउन कठिनाइ भएको बताए ।  सो अवसरमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले तीनै तहको सरकारबीच समन्वय र सहकार्य भएमा कार्यसम्पादनमा सहजता आउने धारणा राखे। उनले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षालगायत कार्यमा समस्या भएको उल्लेख गरे । 

गोष्ठीमा मधेस प्रदेशका आठवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूले जिल्लागत सुरक्षा अवस्था, विद्यमान चुनौती र आसन्न निर्वाचनलाई लक्षित सुरक्षा रणनीतिबारे विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ । बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा सङ्घीय गृह मन्त्रालयका गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव आनन्द काफ्लेलगायत उच्च पदस्थ सरकारी अधिकारी तथा कर्मचारीहरूको उपस्थिति छ । गोष्ठीले प्रदेशको समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै आगामी निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम बुधबार, पुस ३०, २०८२
कारागारभित्रका ‘हेडमास्टर’
कारागारभित्रका ‘हेडमास्टर’ बुधबार, पुस ३०, २०८२
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित बुधबार, पुस ३०, २०८२
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP