Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२

क्यानबेरा- विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदै हजारौँ मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को नेतृत्वमा तयार गरिएको सन् २०२५ ग्लोबल वाटर मोनिटर प्रतिवेदन अनुसार निरन्तर तापवृद्धिले वातावरण, जमिन र महासागरबीच ठूलो परिवर्तन ल्याएको छ । यसले समाजमा गम्भीर असर पारेको एएनयूको समाचार विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सन् २०२५ मा पानीसँग सम्बन्धित प्राकृतिक विपत्तिहरूका कारण करिब पाँच हजार जनाको मृत्यु भएको छ भने झन्डै ८० लाख मानिस विस्थापित भएका छन् । यस्ता घटनाबाट भएको आर्थिक क्षति ३६० अर्ब अमेरिकी डलर नाघेको बताइएको छ ।बाढी, उष्णकटिबन्धीय चक्रवात, खडेरी र डढेलोजस्ता विपत्तिहरूले ठूलो क्षति पुर्‍याएका छन् । यी घटनाहरूले पानी, खाद्य तथा ऊर्जा प्रणालीमा एकपछि अर्को असर पार्दै संकटलाई थप गहिरो बनाएको प्रतिवेदनमा उल्लेख छ ।

Hardik health

एएनयू फेनर स्कूल अफ इन्भाइरोनमेन्ट एन्ड सोसाइटीका प्राध्यापक अल्बर्ट भान डाइकले भने,“पानीसँग सम्बन्धित प्रक्रियामा आएको परिवर्तनले विपत्तिहरू कुन समयमा र कुन स्थानमा हुने भन्ने कुरामा प्रत्यक्ष प्रभाव पारेको छ ।” उनका अनुसार सन् २०२५ मा बाढी, खडेरी र तापसम्बन्धी जोखिमहरू छोटो समयमै एउटै क्षेत्रमा पटक–पटक देखा परे, जसले संयुक्त प्रभावलाई झनै घातक बनायो ।

प्रतिवेदनले वायुमण्डलमा माटो र भू–जलको अवस्था, नदीको बहाव तथा सतही पानीको फैलावटमा आएको परिवर्तन सन् २०२५ का धेरै विनाशकारी जलवायु विपत्तिसँग नजिकबाट जोडिएको जनाएको छ । हिमालय क्षेत्रमा हिमताल फुटेर आएको बाढीदेखि भूमध्यरेखीय क्षेत्रमा आएका शक्तिशाली चक्रवातसम्मका विपत्तिहरू असाधारण रूपमा उच्च तापक्रमसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ । युरोपमा अत्यधिक गर्मीका कारण मृत्यु र डढेलो बढेको छ भने दक्षिण तथा दक्षिणपूर्वी एसियामा मनसुनजन्य बाढीले व्यापक क्षति पुर्‍याएको छ ।

अनुसन्धानकर्ताहरूले २०२६ मा भूमध्यसागर क्षेत्र, अफ्रिकाको हर्न, ब्राजिल र मध्य एसियामा खडेरीको जोखिम बढ्ने चेतावनी दिएका छन् । साथै साहेल क्षेत्र, दक्षिणी अफ्रिका, उत्तरी अस्ट्रेलिया तथा एसियाका धेरै भागमा बाढीको सम्भावना उच्च रहने अनुमान गरिएको छ ।


 


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता बुधबार, पुस ३०, २०८२
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना बुधबार, पुस ३०, २०८२
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP