Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२

मुस्ताङ -  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाताको सङ्ख्या पाँच हजार ७६८ र पुरुष मतदाताको सङ्ख्या पाँच हजार ५५९ रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुस्ताङका पाँच स्थानीय तहका कूल मतदाता सङ्ख्याको अनुपातमा पुरुष मतदाताको सङ्ख्याभन्दा महिला मतदाताको सङ्ख्या एक दशमलव ८४ प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

यसअघि २०७९ सालमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मुस्ताङका पाँच पालिकामा गरी कूल दश हजार ९५६ जना मतदाता थिए । निर्वाचन अधिकारी ज्ञवालीका अनुसार मुस्ताङको घरपझोङमा १७८, थासाङमा  ९०, वारागुङ मुक्तिक्षेत्रमा ९१, लोघेकर दामोदरकुण्डमा नौ र लोमान्थाङ गाउँपालिकामा तीन जना नयाँ मतदाता थपिएका हुन् ।

सबै मतदान केन्द्र सडक सञ्जालमा

Hardik health

मुस्ताङका ३९ वटै मतदान केन्द्र तथा मतदानस्थलमा सडकको पहुँच पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सडकको पहुँच पुगेका अधिकांश मतदान केन्द्र तथा मतदानस्थल कच्ची सडक सञ्जाल विस्तार भएका निर्वाचन अधिकारी ज्ञवालीले बताए ।

निर्वाचन कार्यालयका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङस्थित समजुङ मतदान स्थल खारेज गरी लोमान्थाङ–२ छोसेरस्थित दिव्यदीप माध्यमिक मतदान केन्द्रमा गाँभिएको छ । यसैगरी लोघेकर दामोदरकुण्ड–५ याराका मतदातालाई मतदान गर्न सजिलो बनाउने उद्देश्यले उक्त स्थान नजिकै अर्को मतदानस्थल थप गरिएको छ । 

साङ्ता मतदानस्थल कठिन

मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ वारागुङ मुक्तिक्षेत्र–५ अन्तर्गतको साङ्ता गाउँमा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीका साथै यहाँका मतदातालाई सेताम्मे हिउँले भरिएको सडक पार गरेर काममा खटिन र मतदान गर्न जान पजि असहज हुनसक्ने जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए । गत कात्तिक १० गतेको भारी हिमपातका कारण मुस्ताङको साङ्ता सडक सेताम्मे हिउँका कारण एक महिनाअघिदेखि अवरुद्ध छ ।

साङ्ता गाउँमा यसअघिको निर्वाचनमा ३४ जना मतदाता थिए । यहाँका नागरिक अहिले जाडो छल्न गाउँ छोडेर फल्याक, धार्काजुङ र जोमसोम गएर  बसेका छन् । कतिपय पोखरा र काठमाडौँ झरेका छन् । साङ्ता गाउँका स्थानीय जाडो छल्न पारिलो स्थानमा झरेको गर्मीयाम लागेपछि चैत–वैशाखमा मात्रै साविककै स्थानमा फर्किन्छन् । 

साङ्ता गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले गाउँ जाने मुस्ताङ–डोल्पा सडकमा हिउँ जमेर बसेकाले यहाँसम्म पुग्न कठिन हुनसक्ने बताए । हिउँदयामको हिउँ चैत–वैशाखसम्म नपग्लिने भएकाले यहाँका सडकमा डोजरले हिउँ पन्छ्याउन सकेमात्रै सवारीसाधन लैजान सकिने उहाँले जानकारी दिए ।

“गाउँका सबै नागरिक अहिले बाहिर छन्, भोट हाल्ने बेलामा पनि फर्किंदैनन् होला । भोट खसाल्न सुरक्षाकर्मी, पार्टी तथा अन्य सरोकार भएका निकायको समन्वयमा मतदाता लैजाने व्यवस्था गर्नुपर्छ”, वडासदस्य गुरुङले भने, “फागुनमा पनि हाम्रो गाउँमा अत्यधिक चिसो हुन्छ ।”

 


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:१७
#मुस्ताङ_मतदान
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह बुधबार, पुस ३०, २०८२
कारागारभित्रका ‘हेडमास्टर’
कारागारभित्रका ‘हेडमास्टर’ बुधबार, पुस ३०, २०८२
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित बुधबार, पुस ३०, २०८२
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP