Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२
Energy Drink Energy Drink

हङकङ- चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बुधबार सार्वजनिक गरिएको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो ।

चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको कुल निर्यात ५.५ प्रतिशतले बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ । यस अवधिमा आयात भने घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित रह्यो । यसअघिको वर्ष सन् २०२४ मा चीनको व्यापार अधिशेष नौ खर्ब ९२ अर्ब डलरभन्दा केही बढी थियो ।

डिसेम्बर महिनामा चीनको निर्यात डलरको आधारमा अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले वृद्धि भएको देखिएको छ, जुन अर्थशास्त्रीहरूको अनुमानभन्दा राम्रो र नोभेम्बरको ५.९ प्रतिशतको वार्षिक वृद्धिदरभन्दा उच्च हो । सोही महिनामा आयात पनि उल्लेख्य रूपमा बढ्दै नोभेम्बरको १.९ प्रतिशतको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ ।

चीनको व्यापार अधिशेषले नोभेम्बरमै पहिलो पटक १० खर्ब डलरको सीमालाई पार गरेको थियो । गत वर्षको पहिलो ११ महिनामै व्यापार अधिशेष १० खर्ब ८० अर्ब डलर पुगेको तथ्यांकले देखाउँछ । व्यापारिक घर्षण र भूराजनीतिक तनावका बाबजुद पनि सन् २०२६ मा निर्यातले चीनको अर्थतन्त्रलाई टेवा दिइरहने अर्थशास्त्रीहरूको अनुमान छ । बिएनपी परिबासकी प्रमुख चिनियाँ अर्थशास्त्री ज्याकलिन रोङले सन् २०२६ मा पनि निर्यातले आर्थिक वृद्धिको प्रमुख चालकको भूमिका खेल्ने अपेक्षा कायमै रहेको बताउनुभएको छ ।

Ncell
Hardik health

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि चीन र संयुक्त राज्यबीचको व्यापार युद्ध चर्किँदै जाँदा अमेरिकी बजारतर्फ चीनको निर्यात गत वर्षको अधिकांश समय घट्दो रह्यो । सन् २०२५ मा अमेरिका तर्फको निर्यात करिब २० प्रतिशतले घटेको देखिन्छ । यद्यपि दक्षिण अमेरिका, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका अन्य बजारमा निर्यात विस्तार हुँदा उक्त गिरावट धेरै हदसम्म सन्तुलनमा आएको छ ।

आँकडाअनुसार सन् २०२५ मा अफ्रिकातर्फ चीनको निर्यात २६ प्रतिशतले बढेको छ । दक्षिणपूर्वी एसियाली देशहरूमा १३ प्रतिशत, युरोपेली सङ्घ (इयु) मा ८ प्रतिशत र ल्याटिन अमेरिकामा ७ प्रतिशतले निर्यात वृद्धि भएको छ । विश्लेषकहरूका अनुसार कम्प्युटर चिप्स, विद्युतीय उपकरणहरू तथा ती उत्पादनमा प्रयोग हुने सामग्रीहरूको बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । यसका साथै गत वर्ष चीनको कार निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको थियो ।

बलियो निर्यात प्रदर्शनले चीनको अर्थतन्त्रलाई वार्षिक करिब ५ प्रतिशतको आधिकारिक वृद्धिदर लक्ष्य नजिक पु¥याउन मद्दत गरेको छ । तर सस्तो चिनियाँ वस्तुहरूको बाढीले स्थानीय उद्योगहरूलाई असर गर्न सक्ने चिन्ताका कारण केही मुलुकहरूमा चेतावनी र चासो पनि बढेको छ ।

चिनियाँ भन्सार प्रशासनका उपमन्त्री वाङ जुनले सन् २०२६ मा चीनले ‘गम्भीर र जटिल’ बाह्य व्यापार वातावरणको सामना गरिरहेको बताए । तथापि उनले चीनको विदेशी व्यापारका आधारभूत संरचना अझै बलियो रहेको स्पष्ट पारे  । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुखले गत महिना चीनलाई आर्थिक असन्तुलन समाधान गर्न, घरेलु माग र लगानीलाई प्रोत्साहन गर्दै निर्यातमा अत्यधिक निर्भरताबाट बाहिर निस्कन सुधारको गति तीव्र बनाउन आग्रह गरेका थिए ।

चीनमा लामो समयदेखि चलिरहेको रियल स्टेट क्षेत्रको मन्दीले उपभोक्ताको विश्वास र घरेलु मागलाई अझै प्रभावित गरिरहेको छ । अत्यधिक ऋण लिँदा धेरै डेभलपरहरू डिफल्टमा गएपछि यस क्षेत्रको समस्या गहिरिएको हो । चिनियाँ नेताहरूले उपभोक्ता र व्यवसायको खर्च वृद्धि आर्थिक नीतिको केन्द्रमा राखेका छन् । पछिल्ला महिनाहरूमा सरकारले ट्रेड–इन अनुदान कार्यक्रम ल्याएर उपभोक्तालाई नयाँ, ऊर्जा–कुशल घरेलु उपकरण र सवारी साधन खरिद गरी पुराना मोडेल प्रतिस्थापन गर्न प्रोत्साहन गरेको छ । तर यी उपायहरूको प्रभाव अहिलेसम्म सीमित देखिएको छ ।

बिएनपी परिबासकी रोङका अनुसार घरेलु मागको वृद्धि सन् २०२६ मा पनि सुस्त नै रहने सम्भावना छ । उनले विशेषगरी उपभोक्ता वस्तुहरूका लागि वित्तीय अनुदान कार्यक्रमहरू गत वर्षको तुलनामा कमजोर देखिएको उल्लेख गरे । फ्रान्सेली लगानी बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीले सन् २०२६ मा चीनको निर्यात करिब ३ प्रतिशतले मात्र बढ्ने अनुमान गर्नुभएको छ । यो सन् २०२५ को ५.५ प्रतिशतभन्दा कम हो । आयात वृद्धिदर सुस्त रहने सम्भावनासँगै चीनको व्यापार अधिशेष यस वर्ष पनि १० खर्ब डलरभन्दा माथि रहने उहाँको अपेक्षा रहेको छ ।


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP