Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह
इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२
Energy Drink Energy Drink

वासिङ्टन-  इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु र पक्राउको सङ्ख्या बढ्दै गएको समाचारहरू आइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई संयम अपनाउँदै प्रदर्शनकारीप्रति मानवता देखाउन आग्रह गरेका छन्  ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग इरानसम्बन्धी अवस्थाबारे परामर्श गरे  । उनले प्रदर्शनका क्रममा कति नागरिकको ज्यान गएको छ भन्नेबारे अझै आधिकारिक रूपमा पुष्टि भएको तथ्यांक प्राप्त नभए पनि घटनाको गम्भीरताप्रति चासो व्यक्त गरे  ।

समाचार एजेन्सीका अनुसार डिसेम्बर २८ देखि सुरु भएको विरोध प्रदर्शनमा हालसम्म करिब १६ हजार ७ सय मानिस पक्राउ परेका छन् भने दुई हजार ५ सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ती तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ ।

Ncell
Hardik health

“सन्देश यही हो कि मानवता देखाइनुपर्छ,” ट्रम्पले इरानी सरकारप्रति संकेत गर्दै भने । उनले परिस्थितिको शान्तिपूर्ण समाधान हुने अपेक्षा व्यक्त गरे ।  यसअघि ट्रम्पले विरोध प्रदर्शनमाथि भइरहेको कडाइका कारण इरानी अधिकारीहरूसँग हुने सम्भावित वार्तामा रोक लगाइएको बताएका थिए । उनले इरानी नागरिकप्रति सहानुभूति व्यक्त गर्दै सहयोगको संकेत गरेका भए पनि त्यसको स्वरूपबारे विस्तृत जानकारी दिेएको छैन ।

मिशिगनमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानी नागरिकलाई शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाइरहन आग्रह गरे । साथै, उनले हिंसा र दमनमा संलग्न व्यक्तिहरूको पहिचान सुरक्षित राख्न सुझाव दिए । यसप्रति प्रतिक्रिया जनाउँदै संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इराभानीले ट्रम्पका अभिव्यक्तिलाई हस्तक्षेपको रूपमा व्याख्या गर्दै आपत्ति जनाएका छन् ।

उनले यस्तो अभिव्यक्तिले क्षेत्रीय स्थिरता र इरानको सार्वभौमिकतामा असर पार्न सक्ने बताएका छन्  । यसैबीच, इरानी सरकारी सञ्चारमाध्यममा प्रसारित केही स्वीकारोक्तिप्रति मानव अधिकार संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । ती स्वीकारोक्ति दबाबमा गराइएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

ट्रम्प प्रशासनका उच्च अधिकारीहरूले इरानको अवस्थाबारे कूटनीतिक, आर्थिक तथा सुरक्षा सम्बन्धी विकल्पहरूबारे छलफल जारी राखेको जनाएका छन् । अमेरिकी प्रशासनले आफ्नो प्राथमिकता नागरिकको ज्यान जोगाउनु र क्षेत्रीय स्थिरता कायम राख्नु रहेको बताएको छ ।

मानव अधिकार समूहका अनुसार इरानका सबै ३१ प्रान्तमा हालसम्म ६ सयभन्दा बढी विरोध प्रदर्शन भएका छन् । आर्थिक समस्याबाट सुरु भएको यो आन्दोलन पछिल्ला दिनहरूमा शासनप्रणालीप्रतिको व्यापक असन्तोषको रूपमा विकसित भएको विश्लेषण गरिएको छ ।


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP