Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • बेनीमा आजदेखि ‘खाना महोत्सव’
बेनीमा आजदेखि ‘खाना महोत्सव’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२

म्याग्दी-  माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो । 

बेनीमा परम्परागत रूपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको संरक्षण, पुस्तान्तरण तथा कला, संस्कृतिको प्रवर्द्धन गर्ने, स्थानीय खाना, कला, मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिए ।

स्थानीय उद्यमी, कृषक र औद्योगिक उत्पादनका ५० वटा कक्ष (स्टल) रहने महोत्सवमा खाना खाने, पेन्टिङ, लोक नृत्य, कृषि तथा पशुजन्य वस्तुको प्रदर्शनी, परम्परागत खेल, झाँकीको साथै कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।  महिला उद्यमीहरूबीच बच्चाको टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता आयोजना गरिएको छ । कृषि विकास कार्यालयले फलफूल, तरकारी, खाद्यबाली र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपंक्षी प्रर्दशनी गर्ने भएका छन् । 

Hardik health

महोत्सवमा स्थानीय उत्पादनको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव उद्घाटन अघि बेनीमा सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने तयारी भएको छ । 

महोत्सव सञ्चालनका लागि रु २१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ । कक्ष भाडा, प्रायोजक र सहयोगमार्फत आर्थिक सहयोग जुटाएर निःशुल्क महोत्सव अवलोकनको व्यवस्था मिलाइएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताए ।

कक्ष निर्माणका साथै सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर सुरक्षाको तयारी पनि गरिएको जनाउँदै उनले मेलालाई म्याग्दीको साझा कार्यक्रम बनाइएको बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घले हरेक तीन÷तीन वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघेसङ््क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । 

म्याग्दीमा बाहुल्य बसोबास रहेको मगर समुदायले माघे र साउने सङ्क्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायको सबैभन्दा ठूलो पर्व पनि माघेसङ्क्रान्ति हो । साउन सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई वर्खा सुरु हुने दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको जिल्ला सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि नै माघेसङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।  
---

img
Powered By  Orson Infotech
 


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित
गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित बुधबार, पुस ३०, २०८२
१७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम
१७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम बुधबार, पुस ३०, २०८२
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने बुधबार, पुस ३०, २०८२
मतदाता नामावलीबाट राष्ट्रपति पौडेलको नाम हटाउन शीतल निवासकाे अनुरोध
मतदाता नामावलीबाट राष्ट्रपति पौडेलको नाम हटाउन शीतल निवासकाे अनुरोध मंगलबार, पुस २९, २०८२
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी मंगलबार, पुस २९, २०८२
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP