Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सावधान ! चुरोटभन्दा हानिकारक हुक्का
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०८२

काठमाडाैं - तपाईं कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईंले खाइरहेकाे त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ ।

राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताए । उनले सुर्र्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिबन्ध गरे पनि रेष्टुरेन्ट, चियापसलमा अहिले सेवनकर्ता बढिरहेको बताउनुभयो । उहाँले नियमन गरी कानुनी कारबाही गर्नका लागि आफूहरू लागिपरेको समेत बताए ।
 
हुक्का के हो ?

हुक्का पाइपको माध्यमबाट सुर्तीलाई बलिरहेको कोइलाले तातो बनाई धुवाँ निकालेर सेवन गरिन्छ । हुक्कामा सुर्र्तीको पातको धुलो प्रयोग गरिन्छ र यो विभिन्न स्वाद वा सुगन्धमा पाइन्छ । त्यो सुगन्धले हुक्का मानिसलाई खाउँखाउँ गराउँछ । हुक्का खाँदा मानिसलाई स्याउ, पुदिना, चकलेट, नरिवल, खरबुजा सुगन्ध आउने गर्दछ ।

नेपालमा हुक्काजन्य सामग्रीको प्रयोग निरन्तर बढिरहेको छ । विशेषगरी १५ देखि ३० वर्षका युवामा हुक्काको प्रयोग बढी देखिन्छ । “हुक्का सेवन गर्दा धुवाँ हामीले लिन्छौँ । सुर्तीजन्य पदार्थ बनेको धुवाँ पानीबाट फिल्टर भएर आइरहेको छ भन्ने हामीले सोचेको हुन्छौँ तर त्यो गलत हो । पानी भएर धुवाँ आउदा रसायन पनि पानीमा धुलिन्छ,” सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख्र ढुङ्गानाले भने “हुक्कामा धुवाँको तापक्रम घटाउनका लागि पानी प्रयोग गरिन्छ । पानीमा मिसिएपछि धुवाँ झन् खतरनाक हुन्छ । सेवन गर्दा धुवाँ पानीको वाफमात्र हो भन्नु गलत हो ।”

Hardik health

फ्लेवरले खाउँखाउँ गराउने

हुक्कामा विभिन्न फ्लेवरका कोइला, व्रिकेट राखिएका हुन्छ । ती फ्लेवरले नै मानिसलाई हुक्का खाउँखाउँ बनाउने गर्दछ । सुरुसुरुमा हुक्काको बास्ना मन पर्दैन । हुक्कामा राखिएका फ्लेवरले नमीठो बास्नालाई मीठो बनाउँछ । त्यसपछि मान्छेलाई हुक्का मन पर्न थाल्दछ । हुक्कामा स्याउ, स्ट्रवेरी, बबलगमजस्ता फ्लेवर रहेको हुन्छ । फ्लेवरको कारण धुवाँ खाँदा बास्ना मीठो हुन्छ । निकोटिनले तल बनाउने र फ्लेवरले धुवाँलाई मीठो बनाउने भएपछि अहिलेका युवामा होटल, रेष्टुरेन्ट, क्याफे र चियापसलमा हुक्का खाने प्रचलन बढ्दै गएको छ । निकोटिनले सिधैँ क्यान्सर नबनाउने तर मुटुसँग सम्बन्धित रोग बनाउने गर्दछ ।

फ्लेवरमा विभिन्न रयायन रहेको हुन्छ । ती रसायनले मानिसलाई क्यान्सरजस्ता प्राणघातक रोग निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् । ह्याम्स अस्पतालकी वरिष्ठ फोक्सो रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा रक्षा पाण्डेले हुक्का धेरै मानिसले हानिकारक होइन भनेर सेवन गरिरहेको बताए । “हुक्कामा भएको खराब पदार्थ पानीमा नै बस्छ भन्ने सोचाइ छ तर हुक्का तान्दा पानी तान्ने होइन, क्यान्सर गराउने पदार्थ पानीको फोकामा हुन्छ । त्यही तान्ने हो । पानीमा पदार्थ बस्छ भन्ने सोचाइ गलत छ”, उनले भने, “त्यही गलत सोचाइ हुक्काले केही गर्दैन भनेर मानिसले हुक्का सेवन गरिरहेका हुन्छन् ।”

संसारभरि चुरोट खाने मानिस घटिरहेका छन् तर चुरोटको सट्टा हुक्का भेपको सेवन बढिरहेको छ । वरिष्ठ फोक्सो रोग विशेषज्ञ डा पाण्डेले हुक्का पाइपबाट तान्दा कोइला व्रिकेटमा भएको क्यान्सर गराउने (कार्सिनोजेनिक क्यान्सर गराउने तत्व) शरीरमा प्रवेश गर्ने बताउनुहुन्छ ।

“हुक्का तान्दा मुखमा धेरै धुवाँको वाफ जान्छ । त्यो मुखमा चुरोटभन्दा धेरै बढी धुवाँको बाफ हुन्छ”, उनले भने, “हुक्का भएको धुवाँको वाफको मात्रा मुखमा जाने भएकाले निकोटिनसँगै क्यान्सर बनाउने कार्सिनोजेनिक र आर्सनिकजस्ता रसायन हाम्रो शरीरमा जाने गर्दछ । ती रसायनले पछि हुक्का सेवनकर्तालाई मुख, फोक्सो, खानाखाने नलीको क्यान्सर बनाउँछ ।”

एउटा हुक्का बराबर सय चुरोट

हुक्का सेवनकर्ताले एउटा पटकमा हुक्का सेवन गर्दा ३० देखि ४५ मिनेट निरन्तर धुवाँ तानिरहेका हुन्छ । अध्ययनअनुसार हुक्का ४५ मिनेटसम्म नियमित तान्ने हो भने त्यो सय चुरोटबराबरको हुने वरिष्ठ फोक्सो रोग विशेषज्ञ डा पाण्डेले बताए । “एक सर्को चुरोट र एक सर्को हुक्कामध्ये हुक्कामा धुवाँको मात्रा बढी हुन्छ । मान्छेले गफ गर्दै हुक्का तानिरहेको हुन्छ । उसले कम्तीमा ३० देखि ४५ मिनेट लगाएर हुक्का खान्छ । यसरी हुक्का खाँदा सयवटा चुरोटबराबर सेवन गर्दछ”, उनले भने ।

क्यान्सर गराउने उच्च सम्भावना

हुक्काको सेवा गर्दा कोइलाबाट निस्कने धुवाँमा हानिकारक क्यान्सर बनाउने तत्व, धातु तथा कार्बोन मोनोअक्साइड हुन्छन् । अमेरिकी लग्स एसोसिएसनले पनि हुक्काले क्यान्सर रोग बनाउने पुष्टि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हुक्कामा कार्सिजेनिक, हाइड्रोअक्साइड, नाइट्रोजन, नाइट्रिक एसिड, निकोटिन, फिनोलस र फिनोल डेरिभेटिभसजस्ता हानिकारक रसायन हुन्छ ।

फोक्सो रोग विशेषज्ञ डा पाण्डेले हुक्कामा प्रयोग गरिने कोइला र व्रिकेटमा कार्वनमोनोक्साइड हुने बताए । “चुरोटभन्दा हुक्कामा चार प्रतिशत बढी कार्वनमोनोक्साइड हुने गर्दछ”, उनले भने, “कार्वनमोनोक्साइडले हुक्का तान्दा हाम्रो मुटुको चाल बढाउँछ । यसले गर्दा उच्च रक्तचाप, कोलोस्ट्रोल बढ्ने र फोक्सो, मुटु, खाना खाने नलीको क्यान्सर बढी देखिने गरेको छ ।”

डा पाण्डेका अनुसार अध्ययनले १३ वर्षमाथिका ५० प्रतिशतले आफ्नो जीवनकालमा एकपटक हुक्का तानेको देखिएको छ तर तीमध्ये १० प्रतिशतमात्र धुमपान गर्ने रहेको र बाँकीले हुक्का हानिकारक छैन भनेर खाने गरेको उनले बताए। उनले आफूकहाँ आउने बिरामीले पनि चुरोट नखाने गरेको तर हुक्का भने कहिलेकाहीँ खाने गरेको बताएको जानकारी दिए । हुक्का खाँदा धुवाँ फोक्सोमा जान्छ र फोक्सोबाट मुटु, मस्तिष्क हुँदै मानिसको शरीरको सबै भागमा पुग्ने गर्दछ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही पनि हुक्काको धुवाँमा पनि सिगरेटजस्तै (र कतिपय अवस्थामा अझ बढी) कार्सिनोजेनिक रसायन, कार्बन मोनोअक्साइड, टार र सुक्ष्म कण हुने गरेको बताए । उनका अनुसार हुक्का तान्दा ती कणलाई पानीले छानेजस्तो देखिए पनि ती विषालु पदार्थ फोक्सोसम्म सजिलै पुग्ने र पछि क्यान्सर निम्त्याउँछ ।

पछिल्लो समय क्याफे–लाउञ्ज, रेष्टुरेन्टमा भेला भएका  युवामाझ ‘स्टाइलिस’ र ‘कम हानिकारक’ भन्ने गलत धारणाका कारण यसको सेवन बढेको बताउनुहुन्छ । हुक्का सेवनले फोक्सोको क्यान्सर, मुख र घाँटीको क्यान्सर, फोक्सोको क्षमता घट्ने र ह्दय रोगको जोखिम बढाउने हुन्छ ।

हुक्का सेवन गर्दा सधैँ एउटै पाइप/नली प्रयोग गर्दा क्षयरोग, हेपाटाइटिस, फ्लुजस्ता रोग सर्नसक्ने सम्भावनासमेत हुने गर्दछ । उहाँ हुक्का सुगन्धित र सामाजिक देखिए पनि सुरक्षित नभएको भन्दै यसले गम्भीर स्वास्थ्य जोखिम गराउने बताए ।

हुक्कापछि चुरोटमा लत

हुक्का सधैँ खान नपाइएपछि सेवनकर्ता चुरोट सेवनतर्फ आकर्षित हुन्छन् । “हुक्का महँगो पर्दछ र सधैँ पायक पर्ने ठाउँमा पाइँदैन”, क्यान्सर रोग विशेषज्ञ डा शाहीले भने, “त्यसपछि हुक्का सेवन गर्ने मानिस चुरोट सेवन गर्न थाल्दछन् ।”

हुक्काको सेवन गर्ने व्यक्तिसँगै सेवन नगर्ने तर नजिक बस्ने अन्य व्यक्तिलाई समेत असर गर्दछ । गर्भवती हुँदा महिलाले हुक्का सेवन गरेमा शिशु जन्मँदा कम तौलको जन्मने र त्यस्ता शिशुमा श्वासप्रश्वाससम्बन्धी समस्या, समयअगावै जन्मने र शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने गर्दछ । 
 


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप मंगलबार, पुस २९, २०८२
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द सोमबार, पुस २८, २०८२
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने सोमबार, पुस २८, २०८२
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू सोमबार, पुस २८, २०८२
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता आइतबार, पुस २७, २०८२
क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP