कोलम्बो- श्रीलंकाकाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नु पर्ने श्रीलंकाको केन्द्रीय ब्यांकका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाएका छन् ।
एक स्थानीय टेलिभिजन अन्तर्वार्तामा वीरासिङ्घेले ४८ महिनाको इएफएफको पाँचौँ समीक्षाका लागि आइएमएफको टोली कोलम्बो आइपुग्दा यस महिनाको अन्त्यमा कार्यक्रमको मापदण्ड संशोधन गर्ने छलफल हुने अपेक्षा गरिएको बताएका छन् ।
लक्ष्यले श्रीलंकाको प्रगतिको मूल्यांकन गर्ने र सरकारी अधिकारीहरूसँग परामर्श गर्ने योजना निर्धारित गरिएको जनाइएको छ। अप्रत्याशित झट्का, स्वरुप आएको चक्रवात दिटवाहका कारण लक्ष्य समायोजन गर्न आवश्यक भएको छ, जसले पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ र धेरै जिल्लाहरूमा जीविकोपार्जनमा गम्भीर बाधा पुर्याएको छ ।
उनले चक्रवात आउनु अघि नै वार्षिक बजेट तयार भइसकेको र आगामी समीक्षामा अन्य उदाउँदो चुनौतिहरूसँगै यसको प्रभावलाई पनि ध्यानमा राख्नुपर्ने बताए ।
सन् २०२३ मार्च मा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई आर्थिक सुधार कार्यक्रम र सुधार प्रयासहरूलाई समर्थन गर्न लगभग तीन अर्व अमेरिकी डलर प्रदान गर्दै ४८-महिनाको इएफएफको समिक्षालाई अनुमोदन गरेको छ ।