Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०८२

एपी- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गरेका छन्  । 

कहिलेकाहीँ तनावपूर्ण रहने द्विपक्षीय सम्बन्ध सुधार गर्ने लक्ष्यसहित आयोजित यस भेटमा व्यापार, क्षेत्रीय सुरक्षा तथा चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीहरू प्रमुख एजेन्डा बनेका छन् । टोकियोले चीनसँग गहिरिँदो व्यापारिक र राजनीतिक विवादको सामना गरिरहेको पृष्ठभूमिमा यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री ताकाइचीले पदभार ग्रहण गरेको केही महिनामै बलियो अनुमोदन मूल्यांकन प्राप्त गर्न सफल भएको छ, यद्यपि उनको दलसँग संसद्का दुई सदनमध्ये एउटामा मात्र बहुमत छ । त्यसैले यो शिखर सम्मेलनलाई उनका लागि राजनीतिक रूपमा पनि लाभदायक मानिएको छ । विश्लेषकहरूका अनुसार आगामी दिनमा थप सिट जित्ने उद्देश्यले उनले तुरुन्त चुनावको सम्भावना पनि केलाइ रहेका छन्  ।

प्रधानमन्त्री ताकाइचीले राष्ट्रपति लीलाई आफ्नै गृहनगर नारामा आतिथ्य दिएकी हुन् । हरिण र शताब्दीयौँ पुराना बौद्ध मन्दिरहरूका कारण चिनिने नारा जापानको प्राचीन राजधानी हो । बुधबार प्रधानमन्त्री ताकाइचीले राष्ट्रपति लीलाई होरु मन्दिरको भ्रमण गराउने कार्यक्रम छ, जहाँ सातौँ शताब्दीको अन्त्य वा आठौँ शताब्दीको सुरुआतताका निर्माण भएका भवनहरू रहेका छन् ।

Hardik health

ती भवनहरू विश्वकै सबैभन्दा पुराना जीवित काठका संरचना मानिन्छन् र कोरियाली प्रायद्वीप हुँदै जापानमा बौद्ध धर्म प्रवेश गरेको ऐतिहासिक सन्दर्भलाई उजागर गर्छन् । सोही दिन राष्ट्रपति लीले जापानमा रहेका दक्षिण कोरियाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

जापान र कोरियाली प्रायद्वीपबीच सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध पुरातन कालदेखि रहँदै आएको छ । तर आधुनिक इतिहासमा सन् १९१० देखि १९४५ सम्मको जापानी औपनिवेशिक शासनका कारण उत्पन्न विवादले दुवै देशको सम्बन्ध पटक–पटक तनावग्रस्त बनाएको छ । सोमबार नारामा पुगेकी प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै एक हजार ३०० वर्षभन्दा लामो साझा इतिहास र सांस्कृतिक आदानप्रदान रहेको प्राचीन राजधानी नारामा भेट हुँदा दक्षिण कोरियासँगको सम्बन्धलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरेका थिए ।

मंगलबारको वार्तामा दुई देशबीचको व्यापार, चीन र उत्तर कोरियाबाट देखिएका चुनौती तथा आपसी विश्वास सुदृढ गर्ने विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ । जापान र दक्षिण कोरिया दुवै संयुक्त राज्य अमेरिकाका प्रमुख सहयोगी राष्ट्र भएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित कूटनीतिसँग कसरी अघि बढ्ने भन्ने विषय पनि छलफलमा पर्नेछ । साथै, दुवै देश रक्षा खर्च बढाउन अमेरिकाको दबाबमा रहेका छन् ।

राष्ट्रपति ली गत साता चिनियाँ नेता सी जिनपिङसँग भेटवार्ता गर्न बेइजिङ गएका थिए । त्यही बेला चीनले जापानमाथि आर्थिक र राजनीतिक दबाब बढाउँदै सियोललाई नजिक्याउने प्रयास गरिरहेको बताइएको छ । उक्त भ्रमणका क्रममा उनले जापानसँगको सम्बन्ध चीनसँगको सम्बन्ध जत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दक्षिण कोरियाको मेलमिलाप क्षमतामा सीमितता रहेको धारणा व्यक्त गरेका थिए ।

जापानको एनएचके टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति लीले दक्षिण कोरियाको ट्रान्स–प्यासिफिक पार्टनरसिपअन्तर्गत १२ सदस्यीय व्यापक तथा प्रगतिशील सम्झौतामा सहभागिताका लागि जापानी समर्थन चाहेको बताए । साथै, फुकुसिमा दाइची आणविक दुर्घटनापछि प्रभावित जापानी क्षेत्रबाट आयातमा लगाइएको प्रतिबन्ध हटाइने भए पनि दक्षिण कोरियाली जनताबीच स्वास्थ्यसम्बन्धी चिन्ताका कारण समय लाग्न सक्ने उनको भनाइ छ । उनले जापान र अमेरिकासहित त्रिपक्षीय सुरक्षा सहकार्यप्रति पनि चासो देखाउँदै गहिरो आपसी विश्वास नै सबैभन्दा महत्त्वपूर्ण विषय भएको स्पष्ट पारे । 

बढ्दो अमेरिका–चीन प्रतिस्पर्धा र उत्तर कोरियाको तीव्र रूपमा अघि बढिरहेको आणविक कार्यक्रमजस्ता साझा चुनौतीका कारण हालका वर्षहरूमा सियोल र टोकियोबीचको सम्बन्ध सुधार हुँदै आएको छ । सुरुमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा–बाज छविका कारण राष्ट्रपति लीसँग सहकार्यमा आश‌ंका गरिएको थियो । तर हालसम्म दुवै नेताले ऐतिहासिक मतभेदलाई अलग राख्दै व्यावहारिक सहकार्यमा जोड दिँदै आएका छन्  ।

मिडिया रिपोर्टहरूका अनुसार ऐतिहासिक विवादमा प्रत्यक्ष छलफल नहुने सम्भावना भए पनि सन् १९४२ मा दुर्घटनामा परी प्रायः कोरियाली जबरजस्ती मजदुरसहित १८० कामदारको ज्यान गएको पश्चिमी जापानको एक पुरानो अन्डरसी खानी क्षेत्रबाट अवशेष पुनः प्राप्त गर्ने विषयमा सम्भावित मानवीय सहयोगबारे छलफल हुनसक्ने बताइएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो सोमबार, पुस २८, २०८२
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP