Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

काठमाडौं - बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
 
देश निर्माणमा जुट्नुपर्ने होनहार युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड र जलाउने  कार्य समेतमा अग्रसर भएपछि उनीहरूमा मुलुकप्रतिको कर्तव्य र राष्ट्रप्रेमको भावना जागृत तुल्याउन एनसिसी प्रशिक्षण जरुरी देखिएको हो ।

राष्ट्रिय सेवा दलका महानिर्देशक यामप्रसाद ढकाल नवयुवापुस्तालाई अनुशासित, बफादार र नेतृत्व लिन सक्ने देशभक्त र राष्ट्रप्रति समर्पित दक्ष जनशक्ति तयार गर्न सेवा दल अहोरात्र लागि परेको बताए । देश निर्माणका संवाहक युवापुस्तालाई मुलुकप्रति उत्तरदायी बनाउँदै अनुशासित र जिम्मेवार तुल्याउन प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले भने ६ दशकदेखि बेग्लै संरचना खडा गरी ‘राष्ट्रिय सेवा दल’ मार्फत युवालाई तालिम प्रदान गर्दै आएको छ ।

राष्ट्रनिर्माण र विकासमा अनुशासित जनशक्ति उत्पादनका लागि नेपाल सरकारले विसं २०२२ मा राष्ट्रिय सेवा दल स्थापना गरी युवा विद्यार्थीलाई तालिम प्रदान गर्दै आएको छ । सेवा दलको आदर्श वाक्य ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने छ ।सुरुका वर्षमा काठमाडौँलाई आधार मानेर वार्षिक रूपमा ५०० जनालाई प्रदान गर्न थालिएको तालिम देशभर विस्तारसँगै सहभागीको सङ्ख्या बढाएर प्रतिवर्ष सात हजार ७१० जना पुर्‍याइएको छ ।

नेपालभरबाट माग भइआएका विद्यालयमा सेवा दलले तालिम प्रदान गर्दै आएको छ । महानिर्देशक ढकालका अनुसार प्रत्येक वर्ष यस तालिमको माग बढ्दो छ । एक हजारभन्दा बढी स्कुलले तालिम माग गरे पनि सेवा दलले २५७ वटा विद्यालयमा मात्र पुर्‍याउन सकेको छ । अनुशासित र तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सरकारले यस तालिमलाई थप प्राथमिकताको सूचीमा राखेर सङ्ख्या बढाउन अपरिहार्य रहेको छ । सेवा दलले तालिमका लागि हरेक वर्ष भरसक फरक विद्यालयको छनोट गर्दै आएको छ ।

Hardik health

छनोटमा परेका प्रत्येक विद्यालयमा पुगेर सेवा दलले १५ जना छात्र र १५ छात्रालाई तालिम प्रदान गर्दै आएको छ । त्यस्तो तालिम देखेर मात्रै पनि सम्पूर्ण विद्यार्थीको मानसिकता परिवर्तन भएको सेवा दलको भनाइ छ ।  छिमेकी मुलुक भूटानले पनि नेपालकै जस्तो सेवा दलको तालिम दिएर स्काउट, स्वयम्सेवक दस्ता र जगेडा बलजस्ता जनशक्ति उत्पादन गरेको र अनुशासित जनशक्ति नभई राष्ट्र अघि बढ्न सक्दैन ।

तालिमपूर्व कुलतमा लागेका युवा पनि एनसिसीको प्रशिक्षणपछि असल मार्गमा फर्किएका छन् । विद्यालयस्तरका विद्यार्थीलाई राष्ट्र र राष्ट्रियताको भावना जगाउने असरदार कार्यक्रमका रूपमा पछिल्लो समय सेवा दलको प्रशिक्षण विस्तार भएको छ । सरकारले यसलाई प्राथमिकतामा राखेर वार्षिक रूपमा सङ्ख्या बढाउन आवश्यक रहेको र सेवा दलले सो सङ्ख्या बढाएर वार्षिक रूपमा ११ हजार ५०० पु¥याउनपर्ने आवश्यकता औँल्याएको छ ।

भारतमा यस किसिमको तालिम वार्षिक रूपमा २० लाखलाई दिने गरिएको छ । त्यहाँ सरकारी विद्यालयमा अध्ययनरत पिछडिएको क्षेत्र, विपन्न वर्ग, सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राथमिकता दिइएको छ ।  एनसिसीको विद्यालयमा हुने तालिममा खुराकका रूपमा उपयुक्त आहारको समेत व्यवस्था गरेको छ । ७९ दिनको संस्थागतपछि २१ दिने सामूहिक तालिम दिइन्छ । मोरङको याङसिला, महोत्तरीको बर्दिबास, नवलपरासीको हात्तीखोर र बाँकेको कोहलपुरमा रहेका शिविरमा २१ दिने सामूहिक तालिम प्रदान गरिन्छ ।

उक्त तालिममा सहभागी प्रतिविद्यार्थीका लागि यातायात, पोसाक, खानासमेत गरी रु ३५ हजार खर्च लाग्ने सङ्गठनले जनाएको छ ।   तालिमका क्रममा उनीहरूलाई अनुशासन, राष्ट्रियता, इतिहास, भूगोल, परम्परा, संस्कृति, सम्पदासम्बन्धी ज्ञान दिलाउनाका  साथै  नेतृत्व विकास र सैनिक कलामा प्रशिक्षित तुल्याइँदै आइएको छ । स्थापनादेखि हालसम्म ८८ हजारभन्दा बढी युवाले सेवा दलको तालिम प्राप्त गरिसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

त्यस्ता तालिम प्राप्त जनशक्ति स्वतःस्फूर्त रूपमा निःशुल्क स्वास्थ्य शिविर, बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोप र विपद्पछिको खोज, उद्धार र राहत कार्यमा स्वतः परिचालित हुँदै आएको पाइन्छ । देशका पूर्वप्रधानमन्त्रीदेखि उच्च ओहदाका सरकारी अधिकारी, सुरक्षा फौजका उच्चअधिकृत, राजदूत, डाक्टर र इन्जिनियरले समेत उक्त तालिम प्राप्त गर्नुभएको छ ।

तालिममा सहभागीमध्येबाट प्रतिनिधिमूलक रूपमा सार्क राष्ट्रमा युवा अनुभव आदान–प्रदान कार्यक्रममार्फत तत्तत् देशको भूगोल, विकास सम्भावना, कला, साहित्य, प्रकृति र संस्कृतिबारे जानकारी गराइँदै आएको छ ।तालिम लिएका व्यक्ति सम्मिलित अल्मुनाईमा जिल्ला, प्रदेश र केन्द्रमा क्रमशः कमिटी, सल्लाहकार समिति र संरक्षक समिति छ । त्यस्तो जनशक्तिलाई सुरक्षा फौजमा भर्ना छनोटमा समेत प्राथमिकतामा राखिनुपर्ने आवाजसमेत उठेको छ ।

विक्रम संवत् २००८ मा राष्ट्रिय सेवा दलको तालिम लिनुभएका डा बद्रीराज पाण्डेका अनुसार त्यसबेला नेपाली कांग्रेससमेत सम्मिलित अन्तरिम सरकार थियो । उनीहरू त्रिचन्द्र कलेजमा आइएस्सीमा पढ्थे। “तालिममा छनोट भएपछि गोदावरीमा लगेर आर्मीद्वारा तालिम गराइयो । तोकिएको पोसाक उपलब्ध भयो, कवाज खेलाइयो, विपद्का समयमा अनुशासन र नैतिकताको कसीमा रही परिचालित हुन सिकाइयो,” उनले स्मरण गरे ।
 
उनले भने, “आपत्कालीन अवस्थामा राष्ट्र र समाजलाई सहयोग पुर्‍याउन प्रेरित गर्ने सेवा दलका तालिमलाई अझै विस्तार गर्दै लैजानुपर्छ । नव युवापुस्तालाई राष्ट्रप्रेम र नैतिकवान् बनाउन आवश्यक छ, ‘चेनअफ कमान्ड’ र अनुशासनबिना राज्य अघि बढ्न सक्दैन ।” अझ जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वाेच्च अदालत र सङ्घीय संसद् सहितका महत्वपूर्ण भवन र सम्पदामा भएको तोडफोड र आगजनीका घटनाले युवापुस्तालाई अनुशासित र देशप्रति समर्पित भावना जगाउन तालिम प्रशिक्षण विस्तारको आवश्यकता औँल्याइएको छ ।
 
युवालाई गलत बाटो रोज्न नदिने, अनुशासित र राज्यप्रति उत्तरदायी बनाउने दायित्व राज्यको भएकाले राष्ट्रिय सेवा दलको अवधारणा अघि बढाएर सञ्चालनको जिम्मेवारी भने सेनालाई दिइएको इतिहास छ ।  सेवा दलले विद्यालय तथा उच्च विद्यालयमा अध्यनरत छात्रछात्रालाई शिक्षाका साथै सैनिक तालिमको माध्यमबाट अनुशासन, स्वास्थ्य समाजसेवा, उद्धार कार्य, सामूहिक जिम्मेवारी तथा राष्ट्रियताको भावनाको विकास र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धि गराउने उद्देश्यले काम गरिरहेको छ । 

सेवा दलले २५७ विद्यालयमध्ये ३६ विद्यालयमा सिनियर डिभिजन र बाँकी विद्यालयका छात्रछात्रालाई जुनियर डिभिजनमा विभाजन गरी मङ्सिरदेखि माघसम्म वार्षिक रूपमा तालिम प्रदान गर्दै आएको छ ।    यस वर्षको जुनियर डिभिजनको तालिमको समापन यही पुस २९ गते हुँदैछ । सिनियर डिभिजनको दीक्षान्त कबाज आगामी माघ २० का लागि निर्धारण गरिएको छ । तालिमबाट महिला सशक्तिकरणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

तालिम दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्बोधन गर्ने परम्पराले विद्यार्थीलाई उत्प्रेरित गर्ने सङ्गठनको विश्वास छ । महानिर्देशक ढकालका अनुसार नेपाली युवामा एनसिसी तालिमले सकारात्मक प्रभाव पार्दै आएको छ । राज्यलाई सङ्कट परेका अवस्थामा सशक्त फौज निर्माणमा यो तालिम महत्वपूर्ण साबित हुनेछ । देशलाई आवश्यक सशक्त, जुझारु, अनुशासित एवम् देशभक्त युवा जनशक्ति यसैबाट उत्पादन हुन्छ । तालिमको प्रभावकारिता र उपयोगिता आगामी दिनमा थप बढाउन सकिनेछ ।


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा
‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो सोमबार, पुस २८, २०८२
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द सोमबार, पुस २८, २०८२
महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 
महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण  सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP