Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

नेपालगञ्ज- मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम आज यहाँ सुरु गरिएको छ ।

अभिमुखिकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताए । उनले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ कार्य गरिरहेको जानकारी दिए । 

निर्वाचन आयुक्त डा तुलाधरले भने, “निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको प्रयोग सुनिश्चित गर्दै लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन आयोगको प्रमुख दायित्व हो ।”

Hardik health

उहाँले गुनासो तथा विवाद व्यवस्थापनमा कानुनसम्मत, निष्पक्ष र समयवद्ध तथा विवेक र औचित्यपूर्ण निर्णय प्रणाली अवलम्बन गरिरहनु उपयुक्त हुने कुरामा जोड दिँदै महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक अल्पसङ्ख्यकसहित सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए । 

“निर्वाचन सञ्चालनका क्रममा सार्वजनिक स्रोत उपयोगमा पारदर्शीता, मितव्ययिता, वित्तीय अनुशासन तथा उत्तरदायित्व अनिवार्य हुन्छ”, आयुक्त डा तुलाधरले भने । आजको डिजिटल युगमा सामाजिक सञ्जाल डिजिटल माध्यममार्फत द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना, दुष्प्रचार वा अफवाहले निर्वाचनको विश्वसनीयतामा चुनौती सिर्जना गर्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे।  

यस निर्वाचनमा नवयुवा पुस्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको उल्लेख गर्दै आयुक्त डा तुलाधरले आयोगले संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, निर्वाचन आयोगद्वारा जारी मापदण्डको पूर्ण पालना विश्वसनीयताको आधार भएको बताए ।  सचिव पारश्वर ढुङ्गानाले विगतमा भएका निर्वाचनबाट शिक्षा लिएर आगामी निर्वाचनलाई प्रभावकारी बनाउन आग्रह गर्दै सैद्धान्तिक कुरा सँगसँगै व्यवहारिक कुरामासमेत जोड दिइने बताए । 

दुई समूहमा निर्वाचन व्यवस्थापनका विषयमा छलफल हुने अभिमूखिकरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन, संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम सम्बन्धमा नेपाल सरकारका सचिव ढुङ्गानाले, निर्वाचनका विविध पक्ष, जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवं मतदाता शिक्षा सम्बन्धमा विज्ञ स्रोत व्यक्ति कोमलप्रसाद धमला, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दु्ष्प्रचार र  द्वेषपूर्ण अभिव्यक्ति, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण सम्बन्धमा सहसचिव सुभाषकुमार भट्टराईले सहजीकरण गर्नेछन्  । 

त्यस्तै, निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली स्रोत व्यक्ति वीरेन्द्रकुमार मिश्रले सहजीकरण गर्नेछन्  ।  अभिमूखिकरणमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायतको सहभागिता रहेको छ । 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा
‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो सोमबार, पुस २८, २०८२
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द सोमबार, पुस २८, २०८२
महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 
महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण  सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP