Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • सन् २०२५ मा विश्वभर रोबोट आपूर्तिमा चीन शीर्षस्थानमाः प्रतिवेदन
सन् २०२५ मा विश्वभर रोबोट आपूर्तिमा चीन शीर्षस्थानमाः प्रतिवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

सिन्ह्वा- एक उद्योगसम्बन्धी प्रतिवेदनले सन् २०२५ मा विश्वभर रोबोट उत्पादनमा चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडि रहेको खुलासा गरेको छ । यसले उदाउँदो निर्माण क्षेत्रमा चीनको तीव्र प्रगतिलाई स्पष्ट रूपमा देखाएको छ ।

लन्डनस्थित प्रविधि परामर्श संस्था ओमडियाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार शाङ्घाइस्थित एजीबोटले वार्षिक पाँच हजार एक सयभन्दा बढी रोबोट आपूर्ति गर्दै विश्व बजारको ३९ प्रतिशत हिस्सा हासिल गरेको छ । आपूर्ति संख्या र बजार हिस्साको आधारमा कम्पनी विश्वमै पहिलो स्थानमा रहेको छ ।

यसपछि हाङझाउस्थित युनिट्री र सेन्जेनस्थित युबिटेक क्रमशः चार हजार दुई सय र एक हजार एकाइ आपूर्तिसहित दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । एजीबोट र युबिटेकका रोबोटहरू मुख्यतः व्यावसायिक र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका छन् भने युनिट्रीका रोबोटहरू अनुसन्धान, शिक्षा र उपभोक्ता बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।

Hardik health

गत वर्ष लेजु रोबोट, इन्जिनएआई र फोरियरजस्ता अन्य चिनियाँ उत्पादकहरूसँगै अमेरिकाका फिगर एआई, एजिलिटी रोबोटिक्स र टेस्लाले पनि एक सय ५० देखि ५ सय एकाइसम्म आपूर्ति गरेका थिए । विश्वभर वार्षिक रूपमा करिब १३ हजार रोबोट आपूर्ति भएको अनुमान गरिएको छ ।

उत्पादन प्रतिस्पर्धात्मकताका आधारमा एजीबोट, फिगर एआई, टेस्ला, युबिटेक र युनिट्रीलाई अग्रपंक्तिका कम्पनीका रूपमा प्रतिवेदनले उल्लेख गरेको छ । इन्जिनएआई र युबिटेकसहितका चिनियाँ रोबोट उत्पादकहरूले आगामी दिनमा उत्पादन क्षमता बढाउने योजना बनाइरहेका छन् ।

एजीबोटका प्रमुख वैज्ञानिक लो जियानलानका अनुसार सन् २०२६ रोबोट उद्योगका लागि महत्वपूर्ण मोड सावित हुने वर्ष हो, जहाँ सीमित क्षमताबाट उच्च कार्यसम्पादन र व्यवहारिक प्रयोगतर्फ उद्योग अग्रसर हुनेछ । उनका अनुसार प्रयोगमा ल्याइने रोबोटको संख्या बढ्दै जाँदा वास्तविक प्रयोगबाट प्राप्त तथ्यांकसमेत बढ्नेछ, जसले अझ प्रभावकारी प्रणाली विकास गर्न सहयोग पु¥याउनेछ ।


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान
इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान सोमबार, पुस २८, २०८२
क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला
क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला सोमबार, पुस २८, २०८२
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ सोमबार, पुस २८, २०८२
विदेशी लगानीको आकर्षणसँगै बंगलादेशमा मोबाइल प्रयोगकर्ता वृद्धि
विदेशी लगानीको आकर्षणसँगै बंगलादेशमा मोबाइल प्रयोगकर्ता वृद्धि सोमबार, पुस २८, २०८२
विश्वका वैज्ञानिकका लागि खुला एआई डाटाबेस : औषधि नवप्रवर्तनमा ठूलो योगदान
विश्वका वैज्ञानिकका लागि खुला एआई डाटाबेस : औषधि नवप्रवर्तनमा ठूलो योगदान सोमबार, पुस २८, २०८२
इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु
इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP