Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
विश्व
  • Home
  • विश्व
  • इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु
इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०८२

इस्लामाबाद- पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् ।

इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलहा–दुलहीसहित पाहुनाहरू सोही घरमा सुतेका थिए । बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको हो ।

विस्फोटमा परी सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोट सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ । घटनापछि सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तत्काल घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सञ्चालन गरेका थिए । विस्फोटको असर नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ ।

Hardik health

एक सरकारी प्रशासक साहिबजादा युसुफले आइतबार बिहान विस्फोट भएको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई सतर्क गराइएको र घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । प्रारम्भिक रूपमा ग्यास सिलिन्डर चुहावटका कारण विस्फोट भएको आशङ्का गरिएको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको निःशुल्क र उत्तम उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिनुका साथै घटनाबारे पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिएका छन्  ।

पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन् । यस्ता सिलिन्डरहरूमा हुने ग्यास चुहावट र लापरबाहीका कारण यसअघि पनि घातक दुर्घटनाहरू हुँदै आएका छन् । प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकी आक्रमण भए अमेरिका-इजरायल लक्ष्य हुने इरानको चेतावनी
अमेरिकी आक्रमण भए अमेरिका-इजरायल लक्ष्य हुने इरानको चेतावनी आइतबार, पुस २७, २०८२
म्यान्मामा दोस्रो चरणको मतदान
म्यान्मामा दोस्रो चरणको मतदान आइतबार, पुस २७, २०८२
ड्रोन आरोपमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग
ड्रोन आरोपमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग आइतबार, पुस २७, २०८२
अनिश्चित अमेरिकी सम्झौताले भारत वैकल्पिक बजारकाे खोजीमा
अनिश्चित अमेरिकी सम्झौताले भारत वैकल्पिक बजारकाे खोजीमा आइतबार, पुस २७, २०८२
थाइल्यान्ड-कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा
थाइल्यान्ड-कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा शुक्रबार, पुस २५, २०८२
भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा
भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP