Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • म्यान्मामा दोस्रो चरणको मतदान
म्यान्मामा दोस्रो चरणको मतदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०८२
Energy Drink Energy Drink

काव्हमु - २७ पुस (रासस/एएफपी) : म्यान्मामा सत्तारूढ सैन्य जुन्ताले आइतबार दोस्रो चरणको चुनावका लागि मतदान प्रक्रिया सुरु गरेको छ । लोकतन्त्र निगरानी समूहहरूले भने यसलाई सेनाले नागरिक शासनको आवरणमा आफ्नो सत्ता लम्ब्याउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

म्यान्मामा सशस्त्र सेनाले स्वतन्त्रतापछिको अधिकांश समय शासन गर्दै आएको इतिहास छ । एक दशकजति लोकतान्त्रिक सुधारपछि नागरिक सरकारले नेतृत्व सम्हालेको भए पनि सेनाले सन् २०२१ मा अघिल्लो चुनावको नतिजा अस्वीकार गर्दै सत्ता पुनः कब्जा गरेको थियो । सो विद्रोहपछि प्रजातन्त्र नेतृ आङ सान सुकीलाई हिरासतमा लिइयो र देश गृहयुद्धमा फस्यो ।

याङ्गुन सहरबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको सुकीको पूर्व निर्वाचन क्षेत्र काव्हमुमा आइतबार बिहान ६ बजे मतदान सुरु भएको एएफपीका पत्रकारहरूले अवलोकन गरेका छन् । स्थानीय किसान थान थान सिन्टले देशमा धेरै समस्या भए पनि नागरिक कर्तव्य पूरा गर्न मतदान गरेको बताए । “शान्ति तुरुन्तै आउँदैन, तर भावी पुस्ताका लागि हामीले क्रमशः अघि बढ्नुपर्छ”, उनले मतदानपछि भने ।

Ncell
Hardik health

जुन्ताले पाँच वर्षसम्म बलपूर्वक शासन गरेपछि तीन चरणमा सम्पन्न हुने चुनावमार्फत जनवरी २५ सम्म जनतालाई सत्ता फिर्ता गर्ने वाचा गरेको छ । तर धेरै विश्लेषकहरूले सेनाको प्रमुख सहयोगीका रूपमा चित्रण गर्ने युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) ले पहिलो चरणमै तल्लो सदनका झन्डै ९० प्रतिशत सिट जितेको थियो ।

सुकीलाई राजनीतिक रूपमा अलग पारिएपछि र उहाँको लोकप्रिय नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विघटन भएपछि प्रजातन्त्र समर्थकहरूले चुनाव निष्पक्ष नभएको आरोप लगाएका छन् । उनीहरूका अनुसार सेनाका समर्थकहरूले भरिएको मतपत्र र असहमतिमाथि कडा दमनमार्फत मतदान प्रभावित गरिएको हो । याङ्गुनका एक बासिन्दाले जनताको चासो न्यून रहेको र नतिजा पहिल्यै तय भएको जस्तो देखिने टिप्पणी गरे ।

पहिलो चरणमा करिब ५० प्रतिशत मात्र मतदान भएको थियो, जुन सन् २०२० को करिब ७० प्रतिशत मतदानभन्दा धेरै कम हो । विद्रोही समूहहरूको नियन्त्रणमा रहेका र हिंसात्मक आक्रमण भएका क्षेत्रहरूमा मतदान हुन सकेको छैन । विश्लेषकहरूका अनुसार जुन्ताले अन्तर्राष्ट्रिय वैधानिकता देखाउन, कूटनीतिक सम्बन्ध सुधार गर्न र विद्रोहको दबाब कम गर्न चुनावको सहारा लिएको हो ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विशेषज्ञ टम एन्ड्रुजले जुन्ताले आफ्नो प्रभुत्व कायम राख्न र हिंसा तथा दमन जारी रहँदा वैधानिकताको आवरण सिर्जना गर्न चुनाव ‘इन्जिनियर’ गरेको आरोप लगाएका छन् । सन् २०२० मा भारी बहुमत जितेका दलहरू, एनएलडीसहित, अहिलेको मतपत्रमा समावेश छैनन् ।

 संविधानअनुसार तल्लो सदनका एक चौथाइ सिट सशस्त्र सेनाका लागि आरक्षित छन् । यसैबीच, मतदानको विरोध वा आलोचना गर्ने सयौँ व्यक्तिलाई कडा कानून अन्तर्गत मुद्दा चलाइएको छ र हजारौँ राजनीतिक कैदीहरू अझै जेलमा छन् ।   दर्जनौँ निर्वाचन क्षेत्रमा मतदान रद्द गरिएको छ, विशेष गरी ती क्षेत्रमा जहाँ विद्रोहीहरूले समानान्तर प्रशासन चलाइरहेका छन् । हिंसाको स्पष्ट आधिकारिक तथ्याङ्क नभए पनि अनुगमन समूहहरूले सबै पक्षबाट करिब ९० हजार मानिस मारिएको अनुमान गरेका छन् । जुन्ता प्रमुख मिन आङ ह्लाइङले नयाँ सरकार गठन भएमा राष्ट्रपतिको नागरिक पोसाक धारण गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् ।
 


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP