Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘लन्ड्री’ सञ्चालनबाट मासिक दुई लाख आम्दानी गर्दै राजन
‘लन्ड्री’ सञ्चालनबाट मासिक दुई लाख आम्दानी गर्दै राजन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०८२

गलेश्वर - यहाँको बेनी नगरपालिका–७ मङ्गलाघाटका २० वर्षीय राजन पौडेलले मङ्गलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ सञ्चालन गरी मासिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । उनले मेसिनको सहायताले कपडा धुने कामबाट दैनिक दैनिक रु १० हजार बढी कमाइ गर्दै आएका हुन्  । 

वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला जाँगर र आँट हुने हो भने गाउँमा बसेर उद्यमबाट विदेशमा भन्दा बढी कमाउन सकिने र आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश उनले दिएको स्थानीय शेरबहादुर खड्काले बताए । अध्ययनसँगै व्यवसायलाई अघि बढाउँदै राजनले बेनी र बागलुङमा गरी दुई स्थानमा ‘क्लिन लन्ड्री’ सञ्चालन गरी दैनिक रु १० हजारसम्म आम्दानी गरिरहनुभएको उहाँले जानकारी दिए ।

आफ्नै घरबाट सुरु गरिएको बेनी क्लिन लन्ड्रीलाई व्यवस्थित बनाउँदै पौडेलले बागलुङ बजारमासमेत सेवा विस्तार गरेका हुन्  । आधुनिक मेसिन प्रयोग गरी लुगा धुने, सुकाउने र प्रेस गर्ने सेवा प्रदान गर्दै आएको उक्त लन्ड्रीले छोटो समयमा बजारम पहिचान बनाएको छ ।

Hardik health

 म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह (बिए) दोस्रो वर्षमा अध्ययनरत पौडेलका अनुसार विद्युत्, सर्फ, पानी, भाँडा, मर्मत तथा अन्य सबै खर्च कटाएर पनि दैनिक रु पाँच हजारभन्दा बढी बचत हुने गरेको छ । “पढाइसँगै केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको हुँ”, उनले भने, “सेवामा इमानदार भए ग्राहक आफैँ आउँछन्, आम्दानी आफैँ बढ्छ ।”

स्थानीय बजारमा व्यस्त जीवनशैलीका कारण क्लिन लन्ड्री सेवाको माग बढ्दै गएको उनको भनाइ छ । यही अवसरलाई पहिचान गरेर अघि बढ्दा स्वदेशमा सम्भावना देखेको पौडेलको अनुभव छ । उनले ग्राहकको घरमा पुगेर कपडा ल्याउने र धोएपछि पुनः पु¥याउने (होम डेलिभरी) सेवा प्रदान गरे । “काम सानो–ठूलो हुँदैन”, उनले भने “परिश्रम गर्ने हो भने आफ्नै घरमा बसेर पनि मनग्य कमाइ गर्न सकिन्छ ।” 

उनको व्यवसायले स्थानीयस्तरमा सेवा सुविधा थप्नुका साथै रोजगारीको सम्भावनासमेत सिर्जना गरेको बेनी नगरपालिका–७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताए । “पौडेलजस्ता युवाको पहलले स्वदेशमै उद्यम सम्भव छ भन्ने विश्वास जगाएको छ । यस्ता युवालाई सहयोग र  प्रोत्साहन गर्नुपर्छ”, उनले भने ।

ग्राहक पनि पौडेलको सेवाप्रति सन्तुष्ट देखिन्छन् । बेनी क्लिन लन्ड्रीमा नियमित ग्राहक एक सेवाग्राहीले भने कपडा धुवाउँदै आउनुभएको सन्देश फगामीले भन, “समयमै काम हुन्छ, लुगा सफा र सुरक्षित हुन्छन् ।  स्थानीय युवाले सुरु गरेको व्यवसाय भएकाले हामीलाई पनि गर्व लाग्छ ।” पौडेलको यो सफलताले रोजगारीका लागि विदेश जानैपर्छ भन्ने मानसिकतालाई चुनौती दिएको छ । स्थानीय स्रोत, सीप र बजारलाई सही रूपमा उपयोग गर्न सके युवाले स्वदेशमै सम्मानजनक जीवनयापन गर्न सक्ने उदाहरण बनेको छ ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग आइतबार, पुस २७, २०८२
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु आइतबार, पुस २७, २०८२
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना आइतबार, पुस २७, २०८२
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै आइतबार, पुस २७, २०८२
मेचीनगरमा प्रथम भाक्का उत्सव
मेचीनगरमा प्रथम भाक्का उत्सव आइतबार, पुस २७, २०८२
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा आइतबार, पुस २७, २०८२
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP