Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
समाचार
  • Home
  • समाचार
  • चुलोे उत्पादन गर्ने उद्योगलाई सहुलियत कर्जाको माग
चुलोे उत्पादन गर्ने उद्योगलाई सहुलियत कर्जाको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०८२
सा‍ंकेतिक तस्विर

वीरगञ्ज - सरकारले वातावरणमैत्री सुधारिएको चुलोे प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलोे उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीले माग गरेका छन् । वीरगञ्जमा एक दशकदेखि सुधारिएको चुलोे उद्योग सञ्चालनमा हुँदै आइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थाका प्राडा राजेश राईले पनि सरकारले सुधारिएको चुलोे प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए 

 “सुधारिएको चुलोेको प्रयोगले एकातर्फ मानव स्वास्थ्यमा नकारात्मक असर गर्दैन”, उनले भने, “दाउराको खपत घटाउनुको साथै वनजङ्गल फँडानी घटाएर कार्बन उत्सर्जनमा पनि टेवा दिँदै आइरहेको छ । त्यसैले सुधारिएको चुलोे प्रवर्द्धन गरेको खण्डमा थप उपलब्धिमूलक हुने देखिन्छ ।” प्राडा राईले सुधारिएको चुलोेको प्रयोगले घरभित्र हुने प्रदूषणमा पनि धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए । 

सुधारिएको चुलोे व्यावसायिक रूपमा उत्पादन गर्दै आएको उद्योग हस्क पावर नेपाल कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक मनोजकुमार गुप्ताले वातावरणमैत्री चुलोे उत्पादन गर्ने उद्योगलाई बैंकको कर्जामा विशेष छुटको व्यवस्था भएको खण्डमा काम गर्न सहज हुने बताए।  “सरकारले सबै खालको उद्योगलाई एउटै नजरले हेर्नुहुँदैन । हामीले वातावरणमैत्री चुलोे उत्पादन गर्दै आइरहे पनि राज्यले अन्य उद्योग सरह व्यवहार नगर्दा प्रोत्साहन हुन सकिरहेको छैन । सोतर्फ वर्तमान सरकारको ध्यान जान जरुरी भइसकेको छ”, उनले भने । 

Hardik health

वीरगञ्ज महानगरपालिका–२१ स्थित पटेलनगरमा अवस्थित उद्योगले सात वर्षदेखि सुधारिएको चुलोे उत्पादन गर्दै आइरहेको छ । कम्पनीले सुरुवाती चरणदेखि हालसम्म करिब तीन लाखभन्दा बढी सुधारिएको चुलोे उत्पादन गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक गुप्ताले बताए । “सात वर्षअघि हामीले छ सय सुधारिएको चुलोे उत्पादन गरेर थालनी गरेका थियौँ”, उनले भने “अहिले उद्योगबाट वार्षिक ३२ हजारभन्दा बढी उत्पादन गर्न सक्षम भएका हौँ ।” 

कम्पनीले अहिले पङ्खा भएको र पङ्खा नभएको सुधारिएको चुलोे उत्पादन गर्दै आइरहेको छ । अहिले पङ्खा भएको चुलोेको मूल्य रू पाँच हजार ५०० मूल्य तोकिएको छ भने पङ्खा नभएको चुलोेको मूल्य रू दुई हजार ५०० रहेको छ । प्रबन्ध निर्देशक गुप्ताले सुधारिएको चुलोेको माग अहिले विशेष गरेर मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उच्च रहेको जानकारी दिए । “यो चुलोे प्रयोग गर्दा दाउराको खपत ७० प्रतिशतभन्दा कम हुने गर्छ”, उनले भने  “खाना पकाउँदा निस्कने धुँवा ६० देखि ८० प्रतिशतसम्म घटाउन सकिन्छ । स्वास्थ्यका दृष्टिले पनि यो प्रभावकारी हुने भएकाले प्रयोग बढिरहेको छ ।” 

उक्त कम्पनी अहिले एक बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ २८ जनाभन्दा बढीले रोजगारी पाएका छन् भने सात जना सुस्तश्रवण भएका व्यक्ति कार्यरत रहेका गुप्ताले जानकारी दिए । उद्योगको अहिले रू १५ करोडभन्दा बढी लगानी गरिएको छ । यहाँबाट सुधारिएको चुलोेका साथै बायो पेलेट, बायोपेन्ट, मेटल फ्रेविक्रेसन, झ्याल, ढोकालगायत सामग्री उत्पादन गर्दै आइरहेको छ ।
 


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग आइतबार, पुस २७, २०८२
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु आइतबार, पुस २७, २०८२
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना आइतबार, पुस २७, २०८२
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै आइतबार, पुस २७, २०८२
मेचीनगरमा प्रथम भाक्का उत्सव
मेचीनगरमा प्रथम भाक्का उत्सव आइतबार, पुस २७, २०८२
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा आइतबार, पुस २७, २०८२
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP