Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
समाचार
  • Home
  • समाचार
  • सडक विस्तारमा समस्या
सडक विस्तारमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०८२

गण्डकी-  सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ । 

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ४२ सहित ५२ विद्युतीय खम्बा सार्न बाँकी रहेको बताए । “सडक क्षेत्रभित्र पर्ने खानेपानी पाइप स्थानान्तरणको काम पनि सुस्त गतिमा भइरहेको छ, रुख कटान गरिएका ठाउँमा लिलामी हुन सकेको छैन”, उनले भने, “पोखरा महानगरपालिका–१० सेती पुलको आडमा रहेका मापदण्डविपरीतका तीन घर पनि हटाउन बाँकी छ ।”

नेपाल विद्युत् प्राधिकरणले पोखरा अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा विद्युतीय तार भूमिगत गरिसके पनि खम्बा भने अझै नहटाएको इञ्जिनियर कुँवरले बताए । “कुँडहरदेखि विमानस्थलको प्रवेशद्वारसम्म रहेका विद्युत्का खम्बा नहट्दा सडक निर्माणमा अवरोध सिर्जना भएको छ, खम्बा छिटो हटाउन प्राधिकरण र विमानस्थललाई अनुरोध गरेका छौँ”, उनले भने । 

पोखरा–१० मा रहेका मगर सङ्घको भवनलगायत मापदण्डविपरीत रहेका संरचना हटाउने निर्णय भइसके पनि कार्यान्वयनमा ढिलाइ भएको इञ्जिनियर कुँवरले बताए। सडकको अधिकार क्षेत्रभित्र पर्ने घरटहारा हटाउँदा आयोजना कार्यालयले क्षतिपूर्ति दिने उनको भनाइ छ । 

Hardik health

 महानगरपालिकाले तीन वर्षअघि सडक क्षेत्रभित्र पर्ने अनाधिकृत संरचना हटाउने अभियान सुरु गरे पनि कतिपय संरचना नहट्दा सडक निर्माणमा समस्या भएको हो । इञ्जिनियर कुँवरले मापदण्डविपरीतका संरचना चाँडो हटाउन, विद्युत् खम्बा, खानेपानी, कटान गरिएका रुख आदिलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेता गरिएको बताए । 

सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उनको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७४ दशमलव ४८ र वित्तिय प्रगति ५५ दशमलव १२ प्रतिशत पुगेको छ । 

इञ्जिनियर कुँवरका अनुसार कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त सडकखण्डमा हालसम्म ३७ दशमलव २२ किमीमा पहिलो तहको र ३३ दशमलव ७९ किमीमा दोस्रो तहको कालोपत्र भइसकेको छ । यस्तै ५९ दशमलव ७५ किमी नाली, १०५ कल्भर्ट र १२ पुल बनिसकेको उनले जानकारी दिए ।  विजयपुर पुल क्षेत्रमा ४८० मिटर दूरीमा एकतर्फी कालोपत्र गर्न बाँकी रहेको उहाँको भनाइ छ । “सडक विस्तार, नाली, कल्भर्ट निर्माणलगायत अधिकांश काम सकिएको छ”, इन्जिनियर कुँवरले भने, “चालु आवभित्र सडक निर्माण सकिन्छ, निर्माण कम्पनीले पनि पछिल्लो समय कामलाई गति दिएको छ ।”

विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको यस खण्डमा निर्माण कम्पनीले समयमा काम नगरेपछि यही पुसमा तेस्रोपटक ठेक्काको म्याद थप भएको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिए । 

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । झण्डै ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । रु सात अर्ब ४० करोडको लागतमा सडक र रु एक अर्ब सात करोडको लागतमा सेती नदीमा ‘सिग्नेचर’ पुल बन्न लागेको हो । 


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग आइतबार, पुस २७, २०८२
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु आइतबार, पुस २७, २०८२
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना आइतबार, पुस २७, २०८२
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै आइतबार, पुस २७, २०८२
मेचीनगरमा प्रथम भाक्का उत्सव
मेचीनगरमा प्रथम भाक्का उत्सव आइतबार, पुस २७, २०८२
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा आइतबार, पुस २७, २०८२
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP