Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा हुँदादेखि उठेको सुरक्षा चुनौतीको विषयमा राजनीतिक दल तथा सरोकारवालाहरु अझै ढुक्क बनिसकेका छैनन् । निर्वाचन नजिकिँदै गर्दा यही कारणले चुनाव बिथोलिने वा चुनाव भइहाले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन हुने/नहुने भन्नेमा सबैको चासो बढेको छ । यहीबीच सरकारले भने सुरक्षा व्यवस्थाका लागि पर्याप्त तयारी गरिरहेको बताउँदै आएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीनवटै सुरक्षा निकाय (सेना, सशस्त्र र प्रहरी) परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि अस्थायी जनशक्ति ‘निर्वाचन प्रहरी’को भर्ना प्रक्रिया पनि अगाडि बढाइएको छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धता कति पूरा हुन्छ, त्यो हेर्न बाँकी नै छ । 

आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायहरूले पुराना विष्फोटकभन्दा पनि नयाँ किसिमका बम र रसायन प्रयोग गर्ने प्रवृत्तिलाई मुख्य सुरक्षा चुनौतीका रूपमा औंल्याएका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी विद्रोहमा नेताहरूको घर, निजी तथा सरकारी भवनमा आगजनी गर्दा पेट्रोल बम र रसायन प्रयोग भएको स्मरण गर्दै आगामी निर्वाचनमा तिनै दुई वस्तु सुरक्षा दृष्टिकोणले चुनौती हुने सुरक्षा निकायहरूको विश्लेषण छ । 

Hardik health

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) उमाप्रसाद चतुर्वेदीले पेट्रोल बम, केमिकल तथा घरेलु विष्फोटक प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनाउने मानसिकता राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती रहेको बताए । यद्यपि, निर्वाचनको सुरक्षामा प्रहरी सम्पूर्ण रूपमा तयारी भएको बताए । त्यसका लागि नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरिएको पनि उनको भनाइ छ ।  
नेपाली सेनाका सहायक रथी मनोज थापाले विगतका अधिकांश बारुदी सुरुङ र विष्फोटक पदार्थ नष्ट भइसकेको भए पनि पेट्रोल बम र रसायनको प्रयोग चुनौतीपूर्ण रहेको बताए । यसप्रति संवेदनशील हुनुपर्ने भन्दै उनले अज्ञात सूचनामा आधारित जोखिम पनि चुनौतीपूर्ण भएको उल्लेख गरे । निर्वाचन भाँड्न खोज्ने तत्वहरूले निर्वाचनको अघिपछि ठाउँठाउँमा बम विष्फोट गर्न सक्ने भन्दै त्यसतर्फ पनि सेनाले सोचेको बताए ।

निर्वाचन सुरक्षामा देखिएका यी चुनौतीहरुप्रति सरकार गम्भीर बन्नुपर्छ । मुलुकलाई राजनीतिक स्थायित्वमा लैजान निर्वाचन अहिलेको एकमात्र विकल्प हो । त्यसैले यो निर्वाचनलाई शान्तिपूर्ण बनाउनु सरकारको दायित्व हो । यसमा सरकारको ध्यान जाओस् । सरोकारवालाहरुले पनि जिम्मेवारीका साथ यसमा सरकारलाई सहयोग गरौं ।
 


प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
चिसोबाट जोगिऔं
चिसोबाट जोगिऔं आइतबार, पुस २०, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP